राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णीम वाग्लेले राजीनामा दिने

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर स्वर्णीम वाग्लेले आज पदबाट राजीनामा दिने भएका छन् ।

६ महिना कार्यकाल सम्हालेका वाग्लेले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउँदै छन् ।
काँग्रेस नेतृत्वको सरकार गठनसँगै वाग्ले उपाध्यक्षमा नियुक्त भएका थिए । राजनीतिक नियुक्ति रहने यो पदमा सो अघि माओवादी नेतृत्वको सरकारबाट डा. मिनबहादुर श्रेष्ठ उपाध्यक्ष थिए । कांग्रेस र माओवादीले आलो पालो सरकार सञ्चालन गरेसँगै उपाध्यक्षमा पनि आलोपालो राजनीतिक नियुक्ति भएको थियो ।

२०७२ मा राष्ट्रिय योजना आयोगका सदस्यमा नियुक्त भएका वाग्ले २०७४ साउन १९ मा उपाध्यक्ष बनेका थिए ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com