आर्थिक

सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पूग्ने

काठमाडौँ, माघ ११– बढ्दो बैंकिङ कारोबारलाई मध्यनजर गर्दै राष्ट्रिय वाणिज्य बैंकले सबै स्थानीय तहमा आफ्नो बैंकको शाखा सञ्जाल पुर्याउन आवश्यक तयारी अघि बढाएको छ । राष्ट्रिय वाणिज्य बैंकको ५३औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षमा स्थानीय तहमा नयाँ शाखा र पुनःस्थापना हुनेगरी ४५ नयाँ शाखा खोल्ने जानकारी दिइयो । ...

Read More »

डडेल्धुरामा सुन्तलाको उत्पादनमा गिरावट प्रतिकुल मौसमका कारण

डडेल्धुरा जिल्लामा यस वर्ष सुन्तलाको उत्पादन घटेको छ । प्रतिकुल मौसमका कारण समयमै पानी नपर्दा र सिँचाइको पनि उचित व्यवस्थापन नहुँदा सुन्तला उत्पादन घटेको सरोकारवालाहरुले बताएका छन् साथै उचित प्रविधिको अभाव र नयाँ नयाँ रोग तथा किराको कारण पनि सुन्तला उत्पादनमा प्रतिकुल बनेको स्थानीय किसानहरुले बताएका छन् । जिल्ला कृषि ...

Read More »

अनावश्यक मूल्यबृद्धि गरेको भन्दै रुपन्देहीका उद्योगहरुमा तालबन्दी

माघ १० – रुपन्देहीका सिमेन्ट र छड उद्योगहरुमा प्रमुख तीन दलका युवा संगठनहरुले तालाबन्दी गरेका छन् । एमाले निकट युवा संघ, नेपाली कांग्रेस निकट तरुण दल र माओवादी केन्द्र निकट वाइसिएलले प्रदेश र प्रतिनिधिसभाको चुनावपछि सिमेन्ट तथा छड उद्योगहरुले अनावश्यक मूल्यबृद्धि गरेको भन्दै उद्योगहरुमा तालबन्दी गरेका हुन् । जिल्लाका ११ ...

Read More »

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काममा ढिलाई पाइप ढुवानी गर्न साढे २ वर्ष लाग्ने

काठमाडौं, माघ १० । निर्माणको अन्तिम चरणमा पुगेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना भारतीय ठेकेदारको कारण करीब दुई बर्ष ढिला हुने भएको छ । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले निर्माण छिटो गर्न चार भागमा विभाजन गरी ठेक्का लगाए पनि भारतीय ठेकेदार कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले लक्ष्यअनुसार काम नगर्दा आयोजना ...

Read More »

नलसिंहगाड जलविद्युत आयोजनाको काममा अस्ट्रेलियाली कम्पनीको ढिलासुस्ती डीपीआर निर्माणकै सुस्त गति , बिजुली उत्पादनको लक्ष्य पूरा हुनेमा शंका

९ माघ, काठमाडौं । निर्माण जिम्मेवारी लिएको कम्पनिको ढिलासुस्तीका कारण चार सय १० मेगावाटको नलसिंहगाड जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अन्योलमा परेको छ । पश्चिम सेती जलविद्युत आयोजना डिसेम्बर १९९८ देखि जुन २०११ सम्मका १३ वर्षसम्म ‘होल्ड’ गरेर निर्माण अगाडि नबढाएपछि सरकारले लाइसेन्स रद्द गरेकै अस्ट्रेलियाली कम्पनी स्मेकले नै ...

Read More »

पशुपतिमा दाहसंस्कार गर्न वर्षमा बीस लाख किलो दाउरा आवश्यक वार्षिक रु दुई करोड मूल्यबराबरको दाउरा खपत हुँदै आएको

पशुपति आर्यघाटमा दाहसंस्कार गर्न वार्षिक २० लाख किलोग्रामको हाराहारी दाउरा खपत हुने गरेको छ ।   मृतकको दाहसंस्कार गर्न दाउरा उपलब्ध गराउँदै आएको द टिम्बर कर्पोरेशन अफ नेपालले दिएको जानकारीअनुसार झण्डै वार्षिक रु दुई करोड मूल्यबराबरको दाउरा खपत हुँदै आएको हो ।   टिम्बरले चुरे क्षेत्रका काठ काट्दा निस्केको दाउरा पशुपतिको दाहसंस्कारमा प्रयोग गरिन्छ ...

Read More »

रसुवागढी भन्सारद्धारा लक्ष्यभन्दा ३ प्रतिशत कम राजश्व संकलन

रसुवा, माघ ७ । चालु आर्थिक वर्षको ६ महिनामा रसुवागढी भन्सार कार्यालय टिमुरेले लक्ष्यभन्दा ३ प्रतिशत कम राजश्व संकलन गरेको छ । ६ महिनामा १ अर्ब ६६ करोड राजश्व असुली लक्ष्य राखेको रसुवागढी भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा लक्ष्य भन्दा ३ प्रतिशत कम राजश्व संकलन गरेको हो ...

Read More »

काबेली करिडोर प्रसारण लाइन निर्माणमा ढिलाई

पाँचथर, माघ ७ । १० वर्ष अघि निर्माण प्रक्रिया थालिएको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको पाँचथरको १ सय ३२ केभीए विद्युत् प्रसारण लाइन ‘काबेली करिडोर’को निर्माणमा ढिलाइ भएको छ । निर्माणको कामले अपेक्षित गति नलिँदा दोस्रोपटक थपिएको समय सकिँदा पनि आयोजनाको काम ७० प्रतिशत मात्र पूरा भएको छ । पाँचथर, ...

Read More »

स्वास्थ्य संस्थामा प्रसूति गराए पाँच हजार पाइने ! प्रसूति गराउने आमालाई प्रोत्साहन स्वरुप पाँच हजार रुपियाँ दिने निर्णय

थुलुङ दूधकोशी गाउँपालिकाले अस्पतालमा गएर प्रसूति गराउने आमालाई प्रोत्साहन स्वरुप पाँच हजार रुपियाँ दिने निर्णय भएको छ । गाउँपालिकाको प्रथम गाउँसभाले गरेको निर्णय शुक्रबारदेखि औपचारिक रुपमा लागू भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिएका छन् । राइृले भने –दुर्गम क्षेत्रमा सुरक्षित रुपमा सुत्केरी नगराउँदा वर्षेनि आमा र बच्चाको ज्यान जाने ...

Read More »

आर्थिक गतिविधी सुस्त भएकोले सुन महंगो बन्दै

अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर हुँदा सुनको भाउ महंगो हुँदै गएको छ । अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर भएको तथा तेलको भाउ बढेको र आर्थिक गतिविधि सुस्त भएपछि सुनको भाउ बढ्दै गएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आर्थिक गतिविधि बढ्दै जाँदा सुनमा लगानी बढ्छ । लगानी बढ्पछि भाउ ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com