डडेल्धुरामा सुन्तलाको उत्पादनमा गिरावट प्रतिकुल मौसमका कारण

डडेल्धुरा जिल्लामा यस वर्ष सुन्तलाको उत्पादन घटेको छ । प्रतिकुल मौसमका कारण समयमै पानी नपर्दा र सिँचाइको पनि उचित व्यवस्थापन नहुँदा सुन्तला उत्पादन घटेको सरोकारवालाहरुले बताएका छन् साथै उचित प्रविधिको अभाव र नयाँ नयाँ रोग तथा किराको कारण पनि सुन्तला उत्पादनमा प्रतिकुल बनेको स्थानीय किसानहरुले बताएका छन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार पछिल्लो समय किसानहरुले तरकारी तथा फलफुल खेतीलाई प्राथमिकतामा राखेको तर मौसमको प्रतिकुलता र विभिन्न पात पहेँलोे हुने रोग र किरा लागेको हुँदा सुन्तलाको उत्पादन घटेको निश्कर्ष निकालेका छन् ।

सुन्तला तथा जुनार उत्पादनको लागि परिचित हुँदै आएको डडेल्धुरा जिल्लामा जुनार, मौसम तथा सुन्तला उत्पादन घटन थालेपछि बजारमा अम्लीय जातका फलफूलको मूल्य बढेको छ । यस वर्ष विगतको भन्दा करिब ३० प्रतिशतले उत्पादनमा कमी आएको छ । यसले वार्षिक हजारौंको सुन्तला बिक्री गर्ने किसानहरू चिन्तित बनेका छन् । बजारमा सुन्तला भाउ आकासिएपछि उपभोक्ताहरू पनि मार्कामा परेका छन् । जिल्लाको अमरगढी नगरपालिका, बगरकोट, नवदुर्गा, समैजी, असिग्राम, रुपाल, भागेश्वर र कैलपालमाडौंलगायतका ठाउँलाई सुन्तला खेतीका रुपमा पकेट क्षेत्रका रुपमा हेर्ने गरिन्छ । जिल्लामा सुन्तला, जुनार, कागती, निबुआलगायतका अम्लीय जातका फलफूल यहाँका चार सय ६७ हेक्टर क्षेत्रफलमा उब्जाउ हुँदै आएको छ । यस क्षेत्रबाट वार्षिक चार हजार छ सय एक मेट्रिक टन उत्पादन हुँदै आएको जिल्ला कृषि विकास कार्यालय डडेल्धुराका कृषि प्रसार अधिकृत विष्टले बताए ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com