जापानमा नेपाली युवकद्वारा प्रेमिकामाथि खुकुरी प्रहार युवकलाई जापान प्रहरीले पक्राउ गरेको

जापानमा पूर्व प्रेमिकालाई चक्कु प्रहार गर्ने एक नेपाली युवकलाई जापान प्रहरीले पक्राउ गरेको छ। स्थानीय सञ्चार माध्यमका अनुसार मंगलबार किशोर स्यांगतान नाम गरेका युवकले आफ्नी पूर्व प्रेमिकालाई चक्कु प्रहार गरेका हुन्।   घाइते भएकी युवती जापानको प्राचीन सडक कोबेमा घाइते भएर ढलेकी थिइन । उक्त युवकलाई प्रहरीले समेत पक्राउ गरको छ । कलेज पढ्दै गरेकी ती १९ वर्षे युवतीलाई प्रहरीले अस्पताल पुर्याएको निप्पोन न्युज नेटवर्कले जनाएको छ। घाइते युवतीको अवस्था खतरामुक्त छ। उनले आफूलाई पूर्व प्रेमीले चक्कु प्रहार गरेको बयान दिएकी छिन्। युवतीको राष्ट्रियता भने खुलाइएको छैन। घटना भएको डेढ घण्टापछि प्रहरीले घटनास्थल नजिकैबाट २५ वर्षे नेपाली युवक किशोर स्यांगतानलाइ पक्राउ गरेको छ। प्रहरीसँगको बयानमा केटीले आफूलाई धोका दिएको कारण आक्रोशित भएर छुरा प्रहार गरेको उनले स्वीकारेका छन्। जापान प्रहरीले नेपाली युवकलाई हत्या प्रयास अभियोगमा अनुसन्धान गरिरहेको जनाएको छ।

THIS IS ADD AREA
x

Check Also

धरौटी बढ्दा म्यानपावरलाई हम्मे हम्मे

काठमाडौं,१४ भदौ । नेपाल सरकारले वैदेशिक रोजगार कम गर्न र आन्तरिक रोजगारलाई प्रवद्र्धन गर्न म्यानपावर कम्पनीको धरौटी ह्वात्तै बढाए पनि धरौटी राख्न व्यवसायी पछि परेका ...

Social Media Auto Publish Powered By : XYZScripts.com