माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काममा ढिलाई पाइप ढुवानी गर्न साढे २ वर्ष लाग्ने

काठमाडौं, माघ १० । निर्माणको अन्तिम चरणमा पुगेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना भारतीय ठेकेदारको कारण करीब दुई बर्ष ढिला हुने भएको छ ।

४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले निर्माण छिटो गर्न चार भागमा विभाजन गरी ठेक्का लगाए पनि भारतीय ठेकेदार कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले लक्ष्यअनुसार काम नगर्दा आयोजना करीब दुई वर्ष ढिला हुने भएको हो ।
करिब ९४ प्रतिशत निर्माण सम्पन्न हुँदासमेत भारतीय ठेकेदार कम्पनी टेक्सम्याकाले भने ठेक्काको ४० प्रतिशत पनि काम गरेको छैन ।

टेक्सम्याकोले हाइड्रोमेकानिकल अन्तर्गत बाँधस्थलको गेट हबसम्वन्धी काम लक्ष्य अनुसार गरेको छ भने पेनस्टक पाइपको ढुवानी २५ प्रतिशत मात्र सकाएको छ ।

टेक्सम्याकोले एउटा पेनस्टक पाइप सिमरादेखि सिन्धुपाल्चोकको सुनकोशीसम्म ५ दिन र सुनकोशीबाट आयोजनास्थल लामाबगरसम्म करीब १२ दिन लगाएर ढुवानी गर्ने गरेको छ ।

यही गतिमा ढुवानी गरिने हो भने बाँकी १२० ओटा पेनस्टक पाइप ढुवानी गर्न साढे २ वर्ष लाग्ने देखिन्छ ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com