काठमाडौं, माघ १० । लिबियाको बेनघाजी शहरमा श्रृंखलाबद्ध कार बम विस्फोट हुँदा २७ जनाको ज्यान गएको छ । मस्जिद नजिकै बम बिस्फोट भएको हो ।
घटनामा ३० जना घाइते भएका छन् । बिस्फोटका कारण मस्जिद वरिपरिका भवनमा क्षति पुग्नुका साथै थुप्रैं सवारीसाधन ध्वस्त भएका छन् ।
मारिनेमा केही सैनिक र सर्वसाधारण छन् । पछिल्लो समय लिबयामा आईएसले आतंकबादी गतिविधि निरन्तर गर्दै आएका छन् ।
बुधबार बिहान भएको बिस्फोटमा सेना र सर्वसाधारण नागरिक हताहती भएका छन् । यस घटनाको जिम्मेवारी भने कसैले लिएको छैन ।

English
MTV NEPAL MTVNEPAL


