म्यान्चेस्टर सिटी इङ्गलिस लिग कपको फाइनलमा प्रवेश

काठमाडौं, माघ १० । ब्रिस्टोल सिटीलाई हराउँदै म्यान्चेस्टर सिटी इङ्गलिस लिग कप फुटबलको फाईनलमा प्रवेश गरेको छ ।

ई.एफ.एल कप वा काराबाओ कप पनि भनिने प्रतियोगिताको सेमीफाईनल दोस्रो लेगको खेलमा म्यान्चेस्टर सिटी ३÷२ ले विजयी भयो ।

खेलमा सिटीलाई विजयी गराउन लेरोए साने, केभिन डे ब्रायन र सर्जीयो अगुएरोले एक एक गोल गरे ।

ब्रिस्टोल सिटीका मार्लन प्याक र एडन फ्लीन्टले दुई गोल फर्काए ।

पहिलो लेगमा २÷१ को अग्रता लिएको म्यान्चेस्टर सिटीले समग्रमा खेल ५÷३ ले आफ्नो पक्षमा पारेको हो ।

सिटीले अब उपाधिका लागि चेल्सी र आर्सनलमध्ये एक टोलीसँग खेल्नेछ ।

पहिलो लेगमा गोलरहित बराबरी खेलेका चेल्सी र आर्सनलबीचको सेमिफाइनल दोस्रो लेगको खेल आज राती हुँदैछ ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com