चलचित्र कान्छीको ट्रेलर सार्वजनिक

ब्लकबस्टर फिल्म ‘कोहिनुर’को सफलतापछि सोही ब्यानरबाट ‘कान्छी’ निर्माण भएको छ । यसको ट्रेलर मंगलबार सार्वजनिक भएको छ । ३ मिनेट लामो ट्रेलरमा दयाहाङ राई, श्वेता खड्का, अशान्त शर्मा, अनु शाह, कामेश्वर चौरासिय, निर शाह आदिलाई देख्न सकिन्छ । श्वेताले फिल्म निर्माण गरेकी हुन् । चलचित्रको निर्देशन आकाश अधिकारीले गरेका हुन् ।

ट्रेलर हेर्दा फिल्म प्रेम,रोमान्सकै सेरोफेरोमा घुमेको बुझ्न सकिन्छ । फिल्मलाई हास्यरसयुक्त बनाइएको पनि छनक मिल्छ । मुस्ताङको दृश्यलाई पृष्टभूमिमा राखेर बनाइएको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

फागुन ४ मा देशव्यापी सार्वजनिक हुने फिल्म मनोरञ्जनको पूर्ण प्याकेज भएको निर्माणपक्षको भनाई छ ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com