राष्ट्रियसभाको ५६ सिटमा आज उम्मेदवारी दर्ता

१० माघ, काठमाडौं । माघ २४ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि सातवटै प्रदेशका उच्च अदालत रहेका स्थानमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म ५६ सिटको लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

विराटनगर, जनकपुर, ललितपुर, पोखरा, दाङ, सुर्खेत र डोटीमा रहेका उच्च अदालत स्थानहरुमा राष्ट्रियसभा चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
उम्मेदवारी दर्ता गर्दा मतदाता सूचीमा नामावली भएको हुनुपर्नेछ भने उम्मेदवारले १० हजार रुपैयाँ धरौटी बुझाउनु पर्दछ ।
प्रदेशसभाका ५ सय ५० जना सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख तथा अध्यक्ष, उपाध्यक्ष १ हजार पाँच सय ६ जना गरी कुल २ हजार ५६ जना उम्मेदवारले ५६ जना राष्ट्रियसभा सदस्य चुन्नेछन् । ५९ सदस्यीय राष्ट्रिय सभामा हरेक प्रदेशबाट ८(८ जनाको दरले ५६ जना चुनावबाट निर्वा्चित हुने र तीनजना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ ।

हरेक प्रदेशबाट चुनिने ८ जनामध्ये तीन जना महिला, एक जना दलित, एकजना अपांगता वा अल्पसंख्यक र तीन जना अन्य समूहबाट निर्वाचित हुन्छन् । राष्ट्रियसभा निर्वाचनमा एकल संक्रमणीय र बहुमतीय दुबै निर्वाचन प्रणाली अपनाइने निर्वाचन आयोगले जनाएको छ ।

प्रमुख तीन राजनीतिक दलहरुका राष्ट्रियसभाका उम्मेदवारहरु :

एमालेका उम्मेदवारहरू

प्रदेश १

१. नैनकला ओझा (महिला), मोरङ
२. खेम नेपाली (दलित), मोरङ
३. हरिचरण सिवाकोटी (खुला), झापा
४. पर्शुमेघी गुरुङ (खुला), संखुवासभा
५. अगम बान्तवा (अल्पसंख्यक), इलाम

प्रदेश २

१. सुमन प्याकुरेल (खुला), सप्तरी

प्रदेश ३

१. पार्वती रावल (महिला), चितवन
२. उदया शर्मा (महिला), काठमाडौं
३. सिंहबहादुर विक (दलित), सिन्धुपाल्चोक
४. बलराम बास्कोटा (खुला), काठमाडौं
५. बेदुराम भुसाल (खुला), काठमाडौं
६. रामचन्द्र राई (अल्पसंख्यक), मकवानपुर

प्रदेश ४

१. रामबहादुर थापा (अपांगता), स्याङ्जा
२. गणेश तिमिल्सिना (खुला), पर्वत
३. शान्ति अधिकारी (महिला), बाग्लुङ
४. दीपा गुरुङ (महिला), लमजुङ

प्रदेश ५

१. रामलखन हरिजन (दलित), नवलपरासी
२. खिमलाल भट्टराई (खुला), रूपन्देही
३. मीना बुढा (महिला), रोल्पा
४. कोमल वली (महिला), दाङ

प्रदेश ६

१. कविता बोगटी (महिला), हुम्ला
२. नन्दा शर्मा ( महिला), सुर्खेत
३. नरपति लोहार (दलित), कालिकोट
४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम

प्रदेश ७

१. कमला ओली (महिला), कैलाली
२. इन्दु कडेरिया विष्ट ( महिला), कञ्चनपुर
३. शेरबहादुर कुँवर (खुला), अछाम
४. चक्रप्रसाद स्नेही (दलित), डडेल्धुरा

कांग्रेसका उम्मेदवारहरू

प्रदेश १

१. मिन विश्वकर्मा, दलित (झापा)

प्रदेश २

उम्मेदवार तय हुन बाँकी

प्रदेश ३

१. हरिशरण नेपाली, दलित (काठमाडौं)
२. मदनकृष्ण श्रेष्ठ, अल्पसंख्यक-अपांगता (भक्तपुर)

प्रदेश ४

१. सुरेन्द्रराज पाण्डे, खुला (गोरखा)
२. वृन्दा रानामगर, महिला (कास्की)
३. जितबहादुर नेपाली, दलित (पर्वत)
४. प्रकाश पन्त, अपांगता/अल्पसंख्यक (तनहुँ)

प्रदेश ५

१. दुर्गाप्रसाद उपाध्याय, खुला (रुपन्देही)
२. अनिता देवकोटा, महिला (दाङ)
३. मैकुलाल वाल्मीकि, दलित (बाँके)
४. लुटबहादुर खत्री, अपांगता-अल्पसंख्यक (बाँके)

प्रदेश ६

१. विष्णुबहादुर शाही, खुला (कालिकोट)
२. सूर्यदेवी मल्ल, महिला (जुम्ला)
३. मित्रलाल सार्की, दलित (सल्यान)
४. गोपालप्रसाद शर्मा, अपांगता-अल्पसंख्यक (रुकुम)

प्रदेश ७

१. बद्री पाण्डे, खुला (बाजुरा)
२. तारादेवी भट्ट, महिला (कञ्चनपुर)
३. शेरीराम पार्की, दलित (बैतडी)
४. छत्रराज जोशी, अपांगता-अल्पसंख्यक (कैलाली)

माओवादीका उम्मेदवारहरू

प्रदेश १

१. विना पोखरेल (महिला)

प्रदेश २

२. शशिकला दाहाल (महिला)

३. प्रदेश ३

१. रामबहादुर थापा बादल (खुला)
२. गंगा पराजुली (महिला)

प्रदेश ४

१. दीनानाथ शर्मा (खुला)
२. खिमबहादुर विक (दलित)

प्रदेश ५

१. राजकुमार कुँवर (अल्पसंख्यक र अपांग)
२. चन्द्रबहादुर खड्का (खुला)

प्रदेश ६

१. जीवन बुढा (अपांग र अल्पसंख्यक)
२. युटुल लामा (महिला)
३. कालीबहादुर मल्ल (खुला)

प्रदेश ७

१. लालीराम लोहार (दलित)
२. हरिराम चौधरी (खुला)

 

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com