पश्चिमी वायुको प्रभाव; काठमाडौंमा पानी पर्याे, अछाममा असिना

१० माघ, काठमाडौं । पश्चिमी वायुको प्रभावको कारण आज देशभर मौसममा बदली भएको छ । काठमाडौं उपत्यकामा बुधबार बिहान पानी परेको छ । बुधवार दिनभरजसो पानी पर्ने मौसम विज्ञान विभागले जनाएको छ ।

पानी भने पश्चिम क्षेत्र र काठमाडौं उपत्यकामा परेको छ । पूर्वमा भने भोलि पानी पर्ने सम्भावना छ । त्यसपछि तत्काल पानी पानी पर्ने सम्भावना नदेखिएको मौसमविद विभुति पोखरेलले बताइन् ।

मौसमविद पोखरेलका अनुसार काठमाडौंमा गत डिसेम्बरपछि पहिलोपटक बुधबार पानी परेको हो । त्यतिबेला शून्य दशमलव १ मिलिमिटर पानी परेको थियो । आज परेको पानीको मापन भने विभागले गरिसकेको छैन । तर काठमाडौंमा बाक्लो पानी पर्ने सम्भावना भने छैन ।

काठमाडौं उपत्यकाको तुलनामा नेपालको पश्चिम क्षेत्रमा बढी वर्षा भएको छ । अछाममा असिनासमेत परेको छ भने डोटी, दियायल, दाङलगायतका स्थानमा पानी परेको छ ।

पानी परेको बेला चिसो महसुस भए पनि त्यसपछि भने क्रमशः जाडो घट्दै जानेछ । पानी परेकाले काठमाडौंको धुवाँधुलो कम हुने र भोलिदेखि आकास खुल्ला रहने मौसमविदको भनाइ छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com