निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको विधि र पक्रियाका बारेमा राजनीतिक दललाई सुसुचित गरेको छ । निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा सबै राजनीतिक दलहरुलाई बोलाएर मतदान पक्रिया र मतगणनाका विषयमा जानाकारी गराएको हो । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचनलाई सफल गराउनका लािग सबै राजिनीतिक दलको सहयोगको समेत अपेक्षा गरेका छन् । साथै मतदाताहरुलाई मतदान गर्ने विधिका बारेमा पनि दीक्षित गराउन दलहरुप्रति ध्यानाकर्षण गराएका छन् । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उलंघन गरे कडा कारबाही गर्ने चेतावनी पनि दिएको छ । प्रमुख निर्वाचन आयुक्त यादवले आचारसंहिता उलंघन गर्ने उम्मेदवार, सम्बन्धित दललाई कडा कारबाही हुने चेतावनी दिए । निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गराउने दायित्व राजनीतिक दलहरुको रहेको पनि उनले स्पष्ट पारे ।
आगामी माघ २४ गते बुधबार राष्ट्रियसभा निर्वाचनको मतदान हुँदैछ । मतदान कार्य २ दिनभित्र सम्पन्न गरिसक्ने निर्वाचन आयोगको योजना छ । प्रमुख निर्वाचन आयुक्त यादवले एकल संक्रमणीय र बहुमतीय दुवै प्रक्रियाबाट मतगणना हुने भएकाले त्यसलाई सहज बनाउन पनि राजनीतिक दलहरुसँग आग्रह गरे । ५९ सदस्यीय राष्ट्रियसभाका लागि हुने निर्वाचनमा २ हजार ५६ जना मतदाता रहेका छन । उनीहरुलाई स्वतन्त्र ढंगले मतदान गर्ने वातावरण बनाउन निर्वाचन आयोगले राजनीतिक दलहरुलाई आग्रह गरेको हो । राष्ट्रिय सभा निर्वाचनमा २१ वटा राजनीतिक दलहरुले भाग लिएका छन् । बुधबार राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ता गर्ने कार्यसूची तय गरिएको छ । राष्ट्रियसभाको निर्वाचनको मतदान सबै प्रदेशको उच्च अदालत रहेको स्थानमा गर्ने व्यवस्था गरिएको छ ।

English
MTV NEPAL MTVNEPAL


