चिसोका कारण सिरहामा एकको मृत्यु

१० माघ, लहान । अत्यधिक चिसोका कारण सिरहा नगरपालिकामा गए राति थप एक जनाको मृत्यु भएको छ ।

चिसोका कारण कठ्याङ्ग्रिएर सिरहा नगरपालिका–१२, सारश्वर निवासी ५५ वर्षीय बौका दर्जी भन्ने मंजुर मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

राति शौच गरेर सुतेको केही समय नबित्दै चिसोले काम्न थालेको र केही मिनेटमै मृत्यु भएको परिवारजनले बताएका छन् । यो सँगै सिरहामा चिसोका कारण कठ्याङ्ग्रिएर मृत्यु हुनेको सङ्ख्या १५ जना पुगेको छ ।

THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com