१० माघ, गोरखा । उत्तरी गोरखामा मंगलबार रातिबाट हिमपात सुरु भएको छ ।
गोरखाको सामागाउँ, साम्दो, ल्हो, चुम्चेतमा मंगलवार रातिबाट हिमपात शुरु भएको हो । त्यस्तै लाप्राक र स्वाँरामा पनि बुधवार बिहानबाट हिमपात शुरु भएको छ ।
हिमपातसँगै चिसो बढेपछि स्थानीयको जनजीवन प्रभावित बनेको छ । चिसोका कारण दैनिक कामकाज पनि प्रभावित बनेको सामागाउँका स्थानीयले बताए ।
लगातार हिमपात हुन थालेपछि स्थानीयहरु खाद्यान्न सँगै याक र चौरीलाइ घाँसको जोहो गर्न जुटेका छन् ।

English
MTV NEPAL MTVNEPAL


