माघ १० – जनवरी २९ देखि फेब्रुवरी २२ अर्थात माघ १५ देखि फागुन १० गतेसम्मको समयमा कुवेतमा अवैधानिक रुपमा बसिरहेका विदेशी नागरिक स्वदेश फर्कन र तोकिएको जरीवाना तिरेर वैधानिक बन्न सक्ने कुवेतको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ ।
यात्रा निषेधमा परेका र अदालतमा मुद्दा परेकाले भने आममाफी नपाउने मन्त्रालयले जनाएको छ । यसअघि कुवेतले सन् २०११ मा पनि अवैधानिक विदेशी नागरिकलाई आममाफीको समय दिएको थियो । त्यसपछि गएको वर्ष आंशिक रुपमा मात्र खोलेकाले नेपाली कामदारले खासै फाइदा लिन सकेका थिएनन् ।
यस पटक भने पूर्णरुपमा आममाफी दिएकाले लामो समयदेखि आममाफीको पर्खाइमा रहेका नेपाली सहति विभिन्न देशका नागरिकले फाइदा लिन सक्नेछन् ।कुवेतका स्थानीय सञ्चारमाध्याम र मन्त्रालयले नै उल्लेख गरेपनि कुवेतस्थित नेपाली दूतावासमा आधिकारिक जानकारी नआएको जानकारी दिईएको छ ।

English
MTV NEPAL MTVNEPAL


