रसुवागढी भन्सारद्धारा लक्ष्यभन्दा ३ प्रतिशत कम राजश्व संकलन

रसुवा, माघ ७ । चालु आर्थिक वर्षको ६ महिनामा रसुवागढी भन्सार कार्यालय टिमुरेले लक्ष्यभन्दा ३ प्रतिशत कम राजश्व संकलन गरेको छ ।
६ महिनामा १ अर्ब ६६ करोड राजश्व असुली लक्ष्य राखेको रसुवागढी भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्ममा लक्ष्य भन्दा ३ प्रतिशत कम राजश्व संकलन गरेको हो ।
कार्यालयले १ अर्ब ६१ करोड रुपैयाँ संकलन गरेको भन्सार प्रमुख गोपाल कोइरालाले बताए ।
विभिन्न चाडपर्व, निर्वाचनलगायतका कारणले नाकामा अवरोध हुँदा राजश्व असुलीमा असर परेको भन्सार कार्यालयले जनाएको छ ।

कार्यालयले माघमा ३० करोड भन्सार असुली गर्ने लक्ष्य राखेको छ ।

माघमा चीनतर्फ सार्वजनिक विदा बढी हुने र हिउँ पर्ने समय भएकाले राजश्व संकलन प्रभावित हुनसक्ने प्रमुख भन्सार अधिकृत कोइरालाले बताए ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com