आर्थिक

नक्कली सेयर कारोबार गर्ने तीन ब्रोकर चार वर्षपछि कारवाहीमा

२६ पुस, काठमाडौं । नेपाल धितोपत्र बोर्डले नक्कली सेयर कारोबार गर्ने तीन ब्रोकरलाई कारवाहि गरेको छ । चिलिमे जलविद्युत कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी र सानिमा माई हाइड्रोपावर कम्पनीको नक्कली सेयर कारोबारमा तीन ब्रोकरलाई कारवाही गरेको हो । बोर्डले अग्रवाल सेक्युरिटिजलाई र श्रीहरी सेक्युरिटिजलाई १० लाख रुपैयाँको दरमा तथा सप्रवी सेक्यूरिटिज ...

Read More »

कर बुझाउदैनन् व्यवसायि ; अदालती आदेशका भरमा क्यासिनो सञ्चालन

२६ पुस, काठमाडौं । दर्जनभन्दा बढी क्यासिनो राज्यलाई कर नतिरी अदालती आदेशका भरमा सञ्चालनमा छन् । ती क्यासिनोले एक अर्ब ३२ करोड रुपैयाँ सरकारलाई तिरेका छैनन्। सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएकै भरमा ती क्यासिनो सञ्चालनमा रहँदा राजश्व जोखिममा परेको छ । बन्द रहेका केही क्यासिनो पनि अर्कै कम्पनीका नाममा सञ्चालनमा ...

Read More »

बढ्दै चाँदिको तस्करी, सरकारी निकाय मौन

काठमाडौं । नेपालमा चाँदी आयातमा अस्वाभाविक वृद्धि देखिएको छ । चालु आर्थिक वर्षका चार महिनामा गत वर्षको तुलनामा करिब शतप्रतिशतको बढोत्तरी पाइएको छ । नेपालबाट चाँदीको तस्करी मौलाइरहेको आशंकालाई यसबाट बल मिल्ने सुनचाँदी व्यवसायीहरु नै बताउँछन् । एम.टि.भि नेपालसँग कुरा गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य नेेपालमा औसतमा चाँदीको बजार ...

Read More »

सिमेन्ट र रडको मूल्य वृद्धिप्रति व्यापारीकै आपत्ति

नसरी इटहरीका हार्डवेयर व्यापारी एवं व्यवसायीले सिमेन्ट र फलामको रडमा अचाक्ली र अप्राकृतिक रुपमा मूल्यवृद्धि गरेर सर्वसाधारण उपभोक्ताको ढाड सेक्ने काम भएकोप्रति आपत्ति जनाउँदै तत्काल मूल्य नघटाए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।  हार्डवेयर व्यवसायी एवं व्यापारीले सोमबार इटहरीमा पत्रकार सम्मेलन आयोजना गर्दै विगत १३ दिनको अवधिमा सिमेन्ट र फलामको ...

Read More »

फ्रान्स वान वेल्ट वान रोडको पक्षमा

इजिङ। फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले चीनले अघि सारेको बृहत् सिल्क रोड संरचनागत योजनामा यूरोपले भाग लिनुपर्ने  बताएका छन्। तर उक्त योजनामा आधिपत्य हुन नहुन म्याक्रोँको धारणा रहेको छ । उनले ‘वान वेल्ट, वान रोड’बाट हुने उपलब्धि दुबै पक्षको हिस्सा रहनुपर्ने बताए।म्याक्रोँले चीनको राजकीय भ्रमणको पहिलो दिन अमेरिकाले जलवायुबारे पेरिस सम्झौताबाट ...

Read More »

मल्ल होटलमा क्यासिनो सञ्चालन गर्न नरोक्नु : सर्वोच्च अदालत

होटल मल्लकोमा क्यासिनो सञ्चालन गर्न कुनै पनि रोक नलगाउन भन्दै सर्वोच्च अदालते अन्तरिम आदेश जारी गरेको छ। उक्त कम्पनीका ज्ञानेन्द्र श्रेष्ठले आफूले होटल मल्ललाई क्यासिनो सञ्चालनका लागि  सम्झौता गरी त्यसका लागि पैसा समेत दिएपछि सरकारले इजाजतपत्र नदिएको भन्दै सर्वोच्चमा रिट दिएका थिए। दिएको रिटमाथि सुनुवाई गर्दै दीपकराज जोशीको एकल इजलासले ...

Read More »

भोजपुरको आमचोकमा सिद्धार्थ बैंकको शाखा

सिद्धार्थ बैंकले भोजपुरको आमचोकमा शाखा विस्तार गरेको छ। बैंकिङ्ग पहुँच नपुगेका प्रत्येक स्थानीय तहमा वाणिज्य बैंकको शाखा स्थापना गर्ने सरकारको उद्देश्य अनुरुप आमचोक गाउँपालिकामा शाखा संचालनमा ल्याइएको बैंकले जनाएको छ। यस शाखाबाट सरकार एवं नेपाल राष्ट्र बैंकको नीति निर्णय बमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोवारको संचालन हुने बैंकले जनाएको छ। ...

Read More »

प्रदेश सरकार स्थापनार्थ १ अर्ब ५ करोड विनियोजन गर्ने सरकारको तयारी

अर्थ मन्त्रालयले प्रदेश सरकार गठन गर्नुपूर्व नै कार्यालय स्थापनाका लागि भन्दै एक अर्ब पाँच करोड रुपैयाँ निकास गर्ने तयारी गरेको छ । प्रदेश राजधानीको विषयमा विवाद भइरहँदा मन्त्रालयले भने कार्यालय स्थापना गर्न ७ प्रदेशलाई रकम दिने तयारी गरेको हो ।अर्थ मन्त्रालयको बजेट व्यवस्थापन महाशाखाले राजधानी तोकेपछि मात्रै काम सुरु गर्न ...

Read More »

१३ अर्ब रुपैयाँ वैदेशिक लगानी स्वीकृत

२३ पुस, काठमाडौं । चालु आर्थिक वर्ष ०७४÷७५ का पाँच महिनामै वैदेशिक लगानीको परिमाण गत आव ०७३÷७४ को सीमानजिक देखिएको छ । उद्योग विभागले गत वर्ष कुल १५ अर्ब रुपैयाँको विदेशी लगानी स्वीकृत गरेको थियो । यसपालि पाँचै महिनामा १३ अर्ब रुपैयाँबराबरको लगानी स्वीकृत भइसकेको छ । पाँच महिनामा करिब ...

Read More »

राज्यकोष दोहनको अर्को शृंखला , ७ बर्षको तलवसहित बिदा हुदैछन कर्मचारी

सरकारले पारित गरेको कर्मचारी समायोजन बिधेयक कार्यन्यवन हुदै गर्दा राज्यलाई अर्को ठुलो आर्थिक भार थपिने भएको छ । विधेयकमा उल्लेखित स्वेच्छिक अवकाशको प्रावधानका कारण संघियता धान्नै नसक्ने आर्थिक बोझ खेपिरहेको अवस्थामा थप ६० अर्ब बढिको भार थपिने भएको हो । तीन महिनापछि नयाँ शासकीय स्वरुपमा जान नचाहाने कर्मचारीका लागी स्वेच्छिक ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com