भोजपुरको आमचोकमा सिद्धार्थ बैंकको शाखा

सिद्धार्थ बैंकले भोजपुरको आमचोकमा शाखा विस्तार गरेको छ। बैंकिङ्ग पहुँच नपुगेका प्रत्येक स्थानीय तहमा वाणिज्य बैंकको शाखा स्थापना गर्ने सरकारको उद्देश्य अनुरुप आमचोक गाउँपालिकामा शाखा संचालनमा ल्याइएको बैंकले जनाएको छ।

यस शाखाबाट सरकार एवं नेपाल राष्ट्र बैंकको नीति निर्णय बमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोवारको संचालन हुने बैंकले जनाएको छ।

शाखाबाट सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायतका सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त हुने छ। बैंकले निकट भविष्यमा नै पुहँच नपुगेका अन्य थप १४ वटा गाउँपालिका तथा नगरपालिकामा समेत शाखा विस्तार गर्ने जनाएको छ।

योसहित देशभर बैंकका ८२ वटा शाखा कार्यालय संचालनमा छन्। त्यस्तै १०५ एटिएम, ९९ शाखारहित बैंकिङ्ग सेवा संचालनमा छन्। आर्थिक वर्ष २०७४/०७५ को मंसिर मसान्तसम्म बैंकले कुल निक्षेप संकलन ८२ अर्ब १५ करोड र कर्जा लगानी ७३ अर्ब ८० करोड गरेको छ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com