नलसिंहगाड जलविद्युत आयोजनाको काममा अस्ट्रेलियाली कम्पनीको ढिलासुस्ती डीपीआर निर्माणकै सुस्त गति , बिजुली उत्पादनको लक्ष्य पूरा हुनेमा शंका

९ माघ, काठमाडौं । निर्माण जिम्मेवारी लिएको कम्पनिको ढिलासुस्तीका कारण चार सय १० मेगावाटको नलसिंहगाड जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अन्योलमा परेको छ ।
पश्चिम सेती जलविद्युत आयोजना डिसेम्बर १९९८ देखि जुन २०११ सम्मका १३ वर्षसम्म ‘होल्ड’ गरेर निर्माण अगाडि नबढाएपछि सरकारले लाइसेन्स रद्द गरेकै अस्ट्रेलियाली कम्पनी स्मेकले नै नलसिंहगाड जलविद्युत आयोजनाको पनि निर्माण जिम्मेवारी पाएको हो ।

उक्त कम्पनिलाई सरकारले मे २०१६ मा नलसिंहगाडको डीपीआर निर्माणको जिम्मा दिएको थियो । त्यसयताका २० महिनासम्म ‘अडिट टनेल’ निर्माणका लागि आवश्यक उपकरणसमेत आयोजना स्थलमा पु¥याउन सकेको छैन । डीपीआर निर्माणको म्याद अब १० महिना मात्र बाँकी छ ।

डीपीआरका लागि स्मेकलाई एक अर्ब १९ करोड रुपैयाँमा जिम्मा दिइएको हो । हालसम्म करिब २५ करोड रुपैयाँ भुक्तानी दिइसकिएको छ । उक्त आयोजनाको लागत करिब एक खर्ब रुपैयाँ अनुमानित छ ।

स्मेकले हालै २७ सय किलोको जेनेरेटर हेलिकोप्टरमार्फत् आयोजना स्थलमा पु¥याउने निर्णय गरेको छ । हेलिकोप्टरका लागि नेपाली सेनालाई स्मेकले एक महिनाअघि रकम पनि बुझाइसकेको छ । सुरुङ निर्माणमा आवश्यक विष्फोटक पदार्थ पनि उक्त कम्पनीले सेनासँगै मागेको छ । सेनाले दुवै उपलब्ध गराइदिएको छैन ।

निर्धारित तिथिमा डीपीआर निर्माण सक्न ०७५ सालको वर्षात् शुरु नहुँदै सुरुङको ८० प्रतिशत काम सक्नुपर्छ । वर्षायाममा भेरी नदीमा पानीको बहाव बढ्छ । निर्माण स्थलमा पक्की पुल नभएका कारण वर्षायाममा काम गर्न सकिँदैन ।

त्यसो त नलसिंहगाड आयोजना सन् २०२३ सम्म सम्पन्न गर्ने सरकारको लक्ष्य छ । निर्माण शुरु भएर विद्युत उत्पादन शुरु हुन करिब आठ वर्ष लाग्ने अनुमान छ ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com