एमाले संसदिय दलमा बार्ता गर्दै राजपा र फोरम नेपाल

भनिन्छ राजनीतिमा कोही दिर्घकालिन सत्रु र मित्र हुँदैनन आज त्यसको प्रतक्ष्य उदाहरण मधेशबादी पार्टी र एमालेलाई हेर्न सकिन्छ। केही समय अगाडि सम्म यिनिहरु एक अर्काको प्रमुख दुश्मन झै लाग्दथे, अझ निर्बाचनमा त एमालेलाई मधेश बिरोधि भन्दै मधेश मा कार्यक्रमसम्म गर्न नदिएका राजपा र फोरमले अब एमाले सँग तालमेल गर्न बार्ता गर्दैछन । सिहदरवारस्थित एमालेको संसदीय दलको कार्यालयमा राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले अहिले नेकपा एमालेसँग छलफल गरिरहेको छ ।

दुई नम्बर प्रदेशमा वाम गठबन्धनसँग तालमले गर्ने उद्देश्यले राजपा नेपाल र फोरम नेपालले वार्ता गर्न लागेको हो । काँग्रेससँग पाँच सीटको दावी गर्ने राजपा नेपाल र फोरम नेपालले वाम गठबन्धनसँग ६ सीटको दावी गरेको छ । काँग्रेसले पाँच सीट दिने विषयमा हालसम्म जानकारी गराएको छैन । माघ ६ गते यी दुई पक्षकोबीचमा कुराकानी भएको थियो ।

सो बैठकमा राजपा र फोरमले पाँच सीटको दावी गरेपछि काँग्रेसले पार्टीमा छलफल गरेर जानकारी गराउने बताएको थियो ।
तर, काँग्रेसले जानकारी नदिएपछि राजपा र फोरम नेपाल वाम गठबन्धनतिर ढल्केका हुन् । एमालेसँग वार्ताको वतवारण बनाउने काम राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले गरेको स्रोतको दावी छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com