FILE PHOTO: The dome of the U.S. Capitol is seen in Washington September 25, 2012. REUTERS/Kevin Lamarque/File photo

अमेरिकामा तीन दिनदेखि ठप्प सरकारी कामकाज शुरु हुने, फण्डिङ बिल पास

९ माघ, काठमाडौं । रिपब्लिकन र डेमोक्रेट्सका बीच भएको सम्झौतापछि अमेरिकामा तीन दिनदेखि ठप्प सरकारी कामकाज फेरि शुरु हुने भएको छ ।
अमेरिकी संसदका दुबै सदनमा सिनेट र प्रतिनिधिसभाले संघीय सरकारलाई कोष उपलब्ध गराउने अस्थायी बिलको मन्जुरी दिएको छ । यस निर्णयपछि संघीय सरकारका हजारौं कर्मचारीले राहत महसुस गरेका छन् । यसअघि कर्मचारीहरुलाई केही दिन बेतलवी विदा दिइएको थियो ।

सिनेटमा सरकारी खर्चका लागि यस अस्थायी बिलको पक्षमा ८१ जनाले मत दिएका थिए । १८ जनाको मत भने विपक्षमा परेको थियो । यद्यपि यो अस्थायी सम्झौता साढे दुई हप्ताको लागि मात्र हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको औपचारिक मञ्जुरीपछि ८ फेब्रुअरीसम्म संघीय सरकारको कामकाज विना वित्तीय संकट अन्त्य हुन सक्नेछ ।
यद्यपि डेमोक्रेट सिनेटरहरु यस बिलमा आफ्नो आपत्तिबाट पछि हट्नका लागि तयार भएका छन् । र, बदलामा रिपब्लिकन सिनेटरले आप्रवासिहरुको मुद्दामा उनीहरुलाई भरोसा दिलाएका छन् ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com