कार्यसम्पादन मूल्यांकनमा किर्ते प्रकरण मा नेपाल प्रहरिबाट खोजी गरिएका पूर्व डिअाइजी तथा ललितपुर बाट प्रतिनिधि सभामा बिजयी उमेदवार नबराज सिलवालले नेपालमा निरंकुश तन्त्रको समाप्ती भएतापनी त्यसको अबसेश अझै रहेको बताएका छन । चुनाव हारेर कामचलाउ भएको सरकारको निरंकुश शासन शैली अझै कायम रहेको बताएका छन् ।
सिलवालले आफूविरुद्ध नेपाल प्रहरीले डिफ्युजन नोटिस जारी गरेपछि सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै सिलवालले भनेका छन – कानूनको शासनको खिल्ली उडाएर शक्तिको दुरूपयोग गर्नेहरूलाई जनताले दण्डित गरिसकेका छन् । अझै पनि उसको निरंकुश शासन शैली कायमै छ ।
कार्यसम्पादन मूल्यांकनमा किर्ते प्रकरणा आफूविरुद्ध प्रतिशोध साँध्न शक्तिको गलत प्रयोग भइरहेकोे बताउँदै आएका सिलवालले यसबिरुद्ध डटेर सामना गर्ने बताउँदै आएका छन् । ‘सिलवाल नेपालबाहिर रहेको’ ठहरसहित नेपाल प्रहरीले डिफ्युजन नोटिस जारी हुने भएपछि केही दिनअघि सिलवालले भाइबरमार्फत पत्रकारलाई फोन गरेर आफू ललितपुरको भट्टेडाँडामा प्रहरी अधिकारीसँगै रहेको सनसनीपूर्ण बयान दिएका थिए ।
लगत्तै एक्सनमा आएको प्रहरीले माघ सात गते डिएसपी नहकुल पोखरेलको कमाण्डमा सिलवाललाई खोज्न १६५ जनाको प्रहरी फौज भट्टेडाँडा पठाएको थियो । तर, सिलवाल हात नलागेपछि प्रहरीले सोमबार डिफ्युजन नोटिस जारी गरेको थियो ।
यता, नेकपा एमालेले पनि सिलवालमाथि प्रतिशोधको आधारमा डिफ्युजन नोटिस जारी भएको बताएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलिको निवास बालकोटमा सम्पन्न पार्टीको स्थायी समितिले सांसद सिलवालविरुद्ध पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित भएर क्रियाकलापहरु भइरहेको बताउँदै सरकारलाई यस्ता गतिविधि बन्द गर्न ध्यानाकर्षण समेत गराएको छ ।

English
MTV NEPAL MTVNEPAL


