Author Archives: MTV NEPAL

बाक्लो हुस्सुका कारण दुई बस आपसमा ठाेक्किए, तीनको अवस्था गम्भीर

– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको लम्की चुहा नगरपालिका–६ गुलरा बजार नजिकै आज विहान ८ बजे दुई बस आपसमा ठोक्किदा १७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाकाे अवस्था गम्भीर रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता वीरबहादुर बुढामगरले जानकारी दिए । उनकाअनुसार बस चालक तथा कैलालीको गोदावरी नपा–१ का दिनेश बोहरा, ...

Read More »

डा केसीले तोडे अनशन, जुत्ता सिलाउने मोचीले पिलाए जुस

डा गोविन्द केसीले आज आफ्नो अनशन तोडेका छन् । त्रिवि शिक्षण अस्पतालको अगाडि जुत्ता सिउँदै आएका सिरहाका नथुनिया मोचीले केसीलाई जुस पिलाई अनशन तोडाएका हुन् ।  उनी सोमबारदेखि अनशनमा थिए । अनशन तोड्नुअघि पत्रकार सम्मेलन गर्दै केसीले सहमति कार्यान्वयन नभइन्जेल खबरदारी जारी नै रहने बताएका छन् । सरकारसँग शुक्रबार राति ...

Read More »

ट्रपले यी महिलालाई किन दिए ८२ लाख ?

अमेरिकी राष्ट्रपति पदको चुनावी दौडका बीच डोनाल्ड ट्रपले सन् २०१६ मा आफ्ना निजी वकिलका माध्यमबाट एक पूर्व पोर्न स्टारलाई करिब ८२ लाख रुपैयाँ दिएका थिए । यो पैसा उनलाई यौन सम्बन्धबारे चुप रहनका लागि दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।  तर यो समाचारको ह्वाइट हाउसले खण्डन  गर्न इन्कार गरेको छ ...

Read More »

काठमाडौंकी उपमेयर खड्गीलाई नेविसंघले दियो धुलो र मास्क उपहार !

-नेपाल विद्यार्थी संघले धुलो, धुवाँरहित काठमाडौँ निर्माण गर्न माग गर्दै काठमाडौँ महानगरपालिका अगाडि एक घण्टा धर्ना दिएको छ । नेविसंघ काठमाडौँ शाखाको संयोजनमा आज काठमाडौँ महानगरपालिका सुन्धारा अगाडि एक घण्टा धर्ना दिएको हो ।  सफा सुन्दर काठमाडौँ शहर निरोगी भई बाँच्ने हाम्रो रहर, बनाउ राजधानी धुलोरहित बाँचाँै सबै खुशीसहित, धुलो ...

Read More »

उद्योगधन्दाको व्यावसायिक विकास हुनुपर्छ : मन्त्री विश्वकर्मा

वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्माले नेपालको आर्थिक विकासका लागि उद्योगधन्दाको एकीकृत तथा व्यावसायिक विकास हुनुपर्नेमा जोड दिनुभएको छ ।साना तथा मझौला व्यवसायी महासंघको चौधौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उहाँले देशमा साना तथा मझौला उद्योगको विकासको प्रचुर सम्भावना रहेको र त्यसलाई अवसरमा बदल्नुपर्ने धारणा व्यक्त गर्नुभयो । मन्त्री विश्वकर्माले हाल नेपालको ...

Read More »

अदालत गएनन् प्रधानन्यायाधीश पराजुली

– डा. गोविन्द केसीको अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले बुधबार गरेको आदेशमा आफ्ना दुवै नागरिकताका प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यताका प्रमाणपत्र, उमेरसम्बन्धी निर्णय मगाएपछि प्रधानन्यायाधीश गोपाल पराजुली सर्वोच्च अदालतमा उपस्थित भएनन्। प्रधानन्यायाधीश गोपाल पराजुलीका शैक्षिक योग्यताका प्रमाणपत्र र नागरिकता मगाएर सर्वोच्चले छानबिन गर्न थालिसकेकाले उनलाई निलम्बन गरिनुपर्ने माग डा. गोविन्द केसीले ...

Read More »

अबको प्रमुख दायित्व देश विकास, समृद्धि र सुशासन : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र सुशासन अबको प्रमुख कार्यभार भएको बताए। माओवादी केन्द्रले शुक्रबार बेनीमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष प्रचण्डले राजनीतिक आन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्दै देश विकासमार्फत समृद्धि हासिल गर्ने बाटोमा अघि बढेको बताए । “धेरै अप्ठ्यारा, चुनौती र दबाबको सामना गर्दै हामीले ...

Read More »

कपडाको अभावले कठ्याङ्ग्रिएर एकको मृत्यु

दाङको गढवामा जाडोले कठ्याङ्ग्रिएर आज एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका वडा नं १ बडराकमका ७१ वर्षीय जोखु चौधरी रहेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । चौधरी अविवाहित र अपाङ्गता भएका व्यक्ति हुन् । उनका भतिजाहरु कामको सिलसिलामा भारतमा रहेको र स्याहारसुसार गर्ने व्यक्ति कोही पनि ...

Read More »

किर्तिमानी तोड्दै सेनाका दिनेश श्रेष्ठ

काठमाडौं, पुस २८ – नेपाली सेनाका दिनेश श्रेष्ठले भारत्तोलनमा १९ वर्षअघिको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएका छन्। राखेप च्याम्पियनसिप २०७४ अन्तर्गतको २३ औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा १०५ केजी तौलमा स्नाच तर्फको १९ वर्ष अघिको कीर्तिमानलाई भंग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान लेखाएका छन् । उनले आज स्नाचमा ...

Read More »

ह्याकरहरुको ध्यान फेसबुकतिर

महानगरीय अपराध महाशाखामा केही समय यता फेसबुक ह्याक भएको भन्दै उजुरी दिन आउनेको सङ्ख्या बढ्दै गएको छ। अहिले प्रत्यक दिन औशत १० जनाको उजुरी आउने गरेको प्रहरीले जनाएको छ। महाशाखामा साइबर अपराध सम्बन्धि विषय हेर्ने प्रहरी निरीक्षक लीला डाँगी भन्छन्, ‘केही समयदेखि फेसबुक ह्याक र यस सम्बन्धित हुने अपराधहरु बढेका ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com