ट्रपले यी महिलालाई किन दिए ८२ लाख ?

अमेरिकी राष्ट्रपति पदको चुनावी दौडका बीच डोनाल्ड ट्रपले सन् २०१६ मा आफ्ना निजी वकिलका माध्यमबाट एक पूर्व पोर्न स्टारलाई करिब ८२ लाख रुपैयाँ दिएका थिए । यो पैसा उनलाई यौन सम्बन्धबारे चुप रहनका लागि दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।  तर यो समाचारको ह्वाइट हाउसले खण्डन  गर्न इन्कार गरेको छ । ट्रपका निजी वकिल माइकल कोहेनले यसलाई बेतुकको आरोप भएको बताएका छन् ।

उनले लगातार ट्रपमाथि  बेतुकको आरोप लगाइएको र एक वर्षदेखि झुटो आरोप लगाइरहिएको भन्दै आक्रोश पोखेका छन् ।  समाचारका अनुसार एक्स रेटेड अभिनेत्री स्टीफेनी क्लिफोर्ड र डोनाल्ड ट्रपका बीच वर्ष २००६ मा यौन समबन्ध बनेको थियो । ट्रपले २००५ मा मेलानियासँग विवाह गरेका थिए ।  यो समाचार पुन आएपछि ह्वाइट हाउसका एक अधिकारीले यो चुनाव अघि को विषय र यसलाई पूर्ण रुपमा खारेज गरिइसकेको विषय भएका कारण यसमा कुनै स्पष्टिकरण दिन आवश्यक नभएको बताए ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com