काठमाडौं, पुस २८ – नेपाली सेनाका दिनेश श्रेष्ठले भारत्तोलनमा १९ वर्षअघिको कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएका छन्।
राखेप च्याम्पियनसिप २०७४ अन्तर्गतको २३ औं पुरुष तथा आठौं महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा १०५ केजी तौलमा स्नाच तर्फको १९ वर्ष अघिको कीर्तिमानलाई भंग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान लेखाएका छन् । उनले आज स्नाचमा १ सय २१ किलो तौल उठाए ।
यसअघि मदन शिवभक्तिको नाममा १ सय २२ केजीको कीर्तिमान कायम थियो । शिवभक्तिले आठौं साफ गेममा यो कीर्तिमान कायम गरेका थिए ।
स्नाचतर्फ नेपाल प्रहरीका सन्देश गुरुङ्गले १ सय केजीका साथ रजत र बाराका महमद आशिक हुसेनले ८८ केजीका साथ कास्य पाए । क्लिन एण्ड जर्क र कुलमा पनि दिनेशले स्वर्ण पाए । उनले क्लिनमा १४० केजी र कुलमा २६१ केजी भार बहन गरे । नेपाल प्रहरीका सन्देश गुरुङले क्लिनमा १३२ र कुलमा २३२ केजीका साथ रजत र बाराका महमद आशिकले क्लिनमा १०५ र कुलमा १९३ केजीका साथ कास्य पाए ।
तीन दिने प्रतियोगितामा तीन विभागीय टोली सेना, प्रहरी र एपिएफ तथा १४ जिल्लाका २४ महिला र ५९ पुरुष खेलाडीहरुको सहभागिता थियो ।

English
MTV NEPAL MTVNEPAL


