उद्योगधन्दाको व्यावसायिक विकास हुनुपर्छ : मन्त्री विश्वकर्मा

वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्माले नेपालको आर्थिक विकासका लागि उद्योगधन्दाको एकीकृत तथा व्यावसायिक विकास हुनुपर्नेमा जोड दिनुभएको छ ।साना तथा मझौला व्यवसायी महासंघको चौधौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उहाँले देशमा साना तथा मझौला उद्योगको विकासको प्रचुर सम्भावना रहेको र त्यसलाई अवसरमा बदल्नुपर्ने धारणा व्यक्त गर्नुभयो । मन्त्री विश्वकर्माले हाल नेपालको एक आर्थिक वर्ष बराबर बजेट घाटा रहेको जानकारी दिँदै त्यसलाई न्यूनीकरण गर्न सरकारले निर्यातजन्य वस्तुको पहिचान गर्ने तथा विश्व बजारको खोजीमा सरकारले ध्यान दिने बताउनुभयो । उहाँले देशमा हालसम्म कामको विशिष्टीकरण हुन नसकिरहेको स्वीकार्दै नेपालमा उत्पादित वस्तु व्यक्तिपरक भएकाले निर्यात गर्ने अवस्थामा नरहेको बताउनुभयो ।

सरकारले व्यवसायीलाई नियन्त्रण गर्ने नभई व्यवस्थापकको काम गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताउँदै मन्त्री विश्वकर्माले उद्यमी तथा व्यवसायीलाई पहिचान गर्ने प्रमाणपत्र दिने नीतिलाई आजको मन्त्री परिषद्को बैठकले पारित गरेको तथा पश्मिनामा आत्मनिर्भर बनाउन विभिन्न २० वटा जिल्लामा दुई लाख भेडा च्याँग्राका लागि व्यवसायीलाई अनुदान दिने नीति लिएको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य भरत आचार्यले व्यवसायको विकास नभइकन देशको विकास नहुने भएकाले व्यवसायको विकासका लागि सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले परिवर्तित परिस्थितिमा देशमा शान्ति, सुरक्षा र स्थिरता भएमा मात्र विकासको ढोका खुल्ने प्रष्ट पार्नुभयो । उद्यमी उमेशप्रसाद सिंह, साना तथा मझौला व्यवसायी महासंघका उपाध्यक्ष गणेशबहादुर सुवेदीलगायतका बक्ताले बोल्नुभएको कार्यक्रममा सभापतिको आसनबाट महासंघका अध्यक्ष जंगबहादुर श्रेष्ठले देशमा प्रचुर मात्रामा विकासको सम्भावना भएपनि सरकार, व्यवसायी तथा नीति निर्माणको समन्वय नहुँदा नेपाल पछि परेको बताउनुभयो । कार्यक्रममा देशको ४७ जिल्लाका जिल्ला अध्यक्षले भाग लिइरहेका छन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com