१५० फिट लामो सुरुङ बनाएर इन्डियन आयल कर्पोरेशनको भूमिगत पाइप लाइनबाट पेट्रोल चोरी हुँदै आएको रहस्य खुलेको छ । भारतको राजधानी नयाँ दिल्लीमा मंगलबार राति पेट्रोल चोरी गर्ने क्रममा विस्फोट भएपछि मात्र यो रहस्य प्रकाशमा आएको हो । पाँच महिनाअघि द्वारका नर्थको सुरज बिहार क्षेत्रमा खाली जमिन भाडामा लिएर देखावटी ...
Read More »Author Archives: MTV NEPAL
राष्ट्रिय सभा निर्वाचनमा १७ जना निर्विरोध, बाँकीका लागि मतदान हुने
काठमाडौं, माघ ११ । माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनमा १७ जना निर्विरोध भएका छन् । मतदानबाट निर्वाचित हुनुपर्ने राष्ट्रियसभाका ५६ मध्ये १७ जना सांसदहरु बुधबार निर्विरोध भएका छन् । बाँकी ३९ सांसदका लागि भने २४ गते बहुमतीय र एकल संक्रमणीय विधिबाट मतदान हुनेछ । राष्ट्रियसभा सदस्यका लागि हिजो ...
Read More »खाद्य संस्थानको तयारीः जापानबाट चामल, गुणस्तर परीक्षण गर्न मेसिन ल्याईने
११ माघ, काठमाडौं । नेपाल खाद्य संस्थानले खाद्यान्नको गुणस्तर परीक्षण गर्ने तयारी गरेको छ । खाद्यान्नको गुणस्तर परीक्षणका लागि प्राविधिक पूर्वाधारको व्यवस्था गर्ने कार्य अघि बढाइसकेको संस्थानका योजना विभागका प्रमुख एवं प्रवक्ता शंकर सापकोटाले बताए । यसका लागि भारतीय दूतावासको सहयोगमा छुट्टै भवन निर्माण सम्पन्न भइसकेको छ भने उक्त भवनको ...
Read More »ओपोको फूल स्क्रिन डिस्प्लेसहितको ‘ए८३’ सार्वजनिक
काठमाडौं । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले ईण्ट्रि लेभल क्यामेरा फोन अन्तर्गत नयाँ ओपो ए८३ सार्वजनिक गरेको छ । ए८३मा यस मूल्य श्रेणीका फोनमा विरलै उपलब्ध हुने फुल स्क्रिन डिस्प्ले फिचर उपलब्ध छ । साथै, यसमायूवा पुस्तालाई वास्तविक तथा प्राकृतिक सेल्फी अनुभव प्रदान गर्ने उद्देश्यका साथ एआई ब्यूटी रिकग्निशन प्रविधि ...
Read More »सवारी दुर्घटनामा स्कुटर चालकको मृत्यू
११ माघ, भक्तपुर । भक्तपुरमा बुधबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । भक्तपुरको जगातीबाट बनेपातर्फ जाँदै गरेको बा ६८ प ४४७१ नं को स्कुटरलाई विपरित दिशाबाट आउँदै गरेको ना ६ ख ५९१९ नंको मालबाहक ट्रकले सूर्य्विनायक नगरपालिका–९ नलिनचोकमा ठक्कर दिँदा स्कुटर चालक काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ का ...
Read More »अफगानिस्तानस्थित सहायता संस्थामा हमला कम्तीमा ११ जना घाइते
अफगानिस्तानमा रहेको अन्तर्राष्ट्रिय सहायतासम्बन्धी संस्था सेभ द चिल्ड्रेनको कार्यालयमा भइरहेको हमलामा कम्तीमा ११ जना घाइते भएका छन्।त्यहाँका अधिकारीहरूले जलालावादस्थित उक्त कार्यालयको हातामा विस्फोटन भएको बीबीसीलाई बताएका छन्। बन्दुकधारीहरू त्यसपछि उक्त कार्यालयको भवनमा प्रवेश गरेका थिए।स्थानीय सञ्चारमाध्यमहरूले बन्दुक चलेको आवाज उक्त क्षेत्रमा सुनिएपछि नजिकैको विद्यालयका बालबालिकाहरू भागिरहेको देखिएको जनाएका छन्। बुधबार ...
Read More »अञ्जु र आशिषको नयाँ गीत भिडियो सार्वजनिक
चर्चित गायिका अञ्जु पन्त र गायक आशिष बोहोराको स्वरमा चर्को नामक म्युजक भिडियो सार्वजनिक भएको छ । गायक बोहोराकै निर्देशनमा तयार भएको उक्त म्युजक भिडियोमा भीमफेदी गाइज र एलिसा राइलाई देख्न सकिन्छ । उक्त गीतको शब्द संयोजन तथा संगीत रवि मल्लको रहेको छ । भिडियोलाई कुलेखानीको सुन्दर पृष्ठभूमिमा खिचिएको छ। ...
Read More »गाउँपालिका अध्यक्षद्वारा अधिकृतमाथि हातपात योजनाको भुक्तानि गर्न नमानेपछि हातपात गरेको
सिन्धुपाल्चोकको चौतारा गाउँपालिकामा गाउँपालिका अध्यक्षले कर्मचारीमाथि हातपात गरेका छन् । काम सम्पन्न नभएको योजनाको भुक्तानि गर्न नमानेपछि प्रमुख श्रवणकुमार जिसीले अधिकृत प्रमोद तिमिल्सिनालाई कार्यकक्षमै हातपात गरेको जानकारीमा आएको छ । गाउँपालिकाको भिलेज प्रोफाइलका लागि यसअघि नै ७ लाख रुपैयाँ विनियोजन गरिएको थियो तर उक्त योेजनाको भुक्तानि अधिकृतले नगरेपछि अध्यक्ष र ...
Read More »मोरङमा मोटरसाइकल दुर्घटनामा हुँदा एकजनाको निधन दुइओटा मोटरसाइकल एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको
मोरङमा बुधवार विहान मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुइओटा मोटरसाइकल एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कानेपोखरी गाउँपालिका २ का भिमबहादुर कार्की रहेका छन् । को २८ प २३२२ र को २ प ७९ नम्बरको मोटरसाइकल मोरङको सुन्दरहरैचा नगरपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गमा ठोक्किएर ...
Read More »डडेल्धुरामा सुन्तलाको उत्पादनमा गिरावट प्रतिकुल मौसमका कारण
डडेल्धुरा जिल्लामा यस वर्ष सुन्तलाको उत्पादन घटेको छ । प्रतिकुल मौसमका कारण समयमै पानी नपर्दा र सिँचाइको पनि उचित व्यवस्थापन नहुँदा सुन्तला उत्पादन घटेको सरोकारवालाहरुले बताएका छन् साथै उचित प्रविधिको अभाव र नयाँ नयाँ रोग तथा किराको कारण पनि सुन्तला उत्पादनमा प्रतिकुल बनेको स्थानीय किसानहरुले बताएका छन् । जिल्ला कृषि ...
Read More »
English
MTV NEPAL MTVNEPAL