अफगानिस्तानमा रहेको अन्तर्राष्ट्रिय सहायतासम्बन्धी संस्था सेभ द चिल्ड्रेनको कार्यालयमा भइरहेको हमलामा कम्तीमा ११ जना घाइते भएका छन्।त्यहाँका अधिकारीहरूले जलालावादस्थित उक्त कार्यालयको हातामा विस्फोटन भएको बीबीसीलाई बताएका छन्। बन्दुकधारीहरू त्यसपछि उक्त कार्यालयको भवनमा प्रवेश गरेका थिए।स्थानीय सञ्चारमाध्यमहरूले बन्दुक चलेको आवाज उक्त क्षेत्रमा सुनिएपछि नजिकैको विद्यालयका बालबालिकाहरू भागिरहेको देखिएको जनाएका छन्। बुधबार स्थानीय समय अनुसार विहान करिब ९ बजेतिर एकजना आत्मघाती बम हमलाकारीले सेभ द चिल्ड्रेनको हातामा कार बम विस्फोट गराएको प्रान्तीय सरकारका प्रवक्ताले जनाएका छन्।

English
MTV NEPAL MTVNEPAL


