चर्चित गायिका अञ्जु पन्त र गायक आशिष बोहोराको स्वरमा चर्को नामक म्युजक भिडियो सार्वजनिक भएको छ । गायक बोहोराकै निर्देशनमा तयार भएको उक्त म्युजक भिडियोमा भीमफेदी गाइज र एलिसा राइलाई देख्न सकिन्छ । उक्त गीतको शब्द संयोजन तथा संगीत रवि मल्लको रहेको छ । भिडियोलाई कुलेखानीको सुन्दर पृष्ठभूमिमा खिचिएको छ। पवन सुस्लिङको छायांकन रहेको म्युजिक भिडियोमा वसन्त घर्ती मगरको भीएफएक्स, मनोरंजन श्रेष्ठको कलर, गौतमराज खड्काको सम्पादन र निर्मल लामाको कोरियोग्राफी रहेको छ।

English
MTV NEPAL MTVNEPAL


