Author Archives: MTV NEPAL

सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पूग्ने

काठमाडौँ, माघ ११– बढ्दो बैंकिङ कारोबारलाई मध्यनजर गर्दै राष्ट्रिय वाणिज्य बैंकले सबै स्थानीय तहमा आफ्नो बैंकको शाखा सञ्जाल पुर्याउन आवश्यक तयारी अघि बढाएको छ । राष्ट्रिय वाणिज्य बैंकको ५३औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षमा स्थानीय तहमा नयाँ शाखा र पुनःस्थापना हुनेगरी ४५ नयाँ शाखा खोल्ने जानकारी दिइयो । ...

Read More »

भन्सालि निर्देशित पद्मावत कडा सुरक्षाबीच रिलिज

निर्देशक संजयलिला भंसालीद्वारा निर्देशित फिल्म ‘पद्मावत’ बिहीबारबाट भारतका झण्डै ७ हजार स्क्रिनमा प्रर्दशन सुरु भएको छ । राजपूत समुदायको विरोधका कारण सिर्जित तनावले गर्दा कडा सुरक्षाबीच बिहानी शोहरुमा फिल्म प्रर्दशन गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सिनेमाघर सञ्चालकहरुले सुरक्षाको कारण देखाउँदै मध्यप्रदेश, गुजरात, राजस्थान र गोवामा फिल्म प्रर्दशन गर्न अस्वीकार ...

Read More »

सेभ द चिल्ड्रेनको कार्यालयमा आक्रमण

बालबालिकाको क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संस्था सेभ द चिल्ड्रेनको अफगानिस्तानस्थित कार्यालयमा बुधबार आक्रमण भएको छ । आक्रमणमा २ जनाको मृत्यु हुनाका साथै १२ घाइते भएका छन । आक्रमणकारीहरूले पूर्वी अफगानिस्तानको जलालाबादस्थित कार्यालयमा आक्रमण गरेका हुन । स्थानीय समयअनुसार बिहान ९ बजे एक आत्मघाती आक्रमणकारीले कार्यालयको गेटमा गाडीमा विस्फोट गराएपछि आक्रमण गरेको थियो । सुरक्षाकर्मीको जवाफी ...

Read More »

सातै प्रदेशमा सरकारका प्रमुख सचिव

११ माघ, काठमाडौं । सरकारले सातवटै प्रदेश सरकारका प्रमुख सचिव तोकेको छ । मन्त्रिपरिषदको बुधवार साँझ बसेको बैठकले यसअघि कार्यरत क्षेत्रीय प्रशासकहरुलाई नै प्रदेश मन्त्रिपरिषद तथा मुख्यमन्त्रीको कार्यलयको प्रमुख सचिव तोकेको हो । कामु सचिव यादव कोइरालालाई प्रदेश नं १ को कामु प्रमुखसचिवको जिम्मेवारी दिइएको छ । त्यस्तै धनकुटामा क्षेत्रीय ...

Read More »

वर्तमान सरकारबाटै असुरक्षित भएको नवराज सिलवालको आरोप

११ माघ, काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआइजी तथा ललितपुर १ बाट निर्वाचित सांसद नवराज सिलवालले वर्तमान सरकार र अहिलेको प्रहरी नेतृत्वबाट आफू असुरक्षित भएको भन्दै जीवनरक्षाको माग गरेका छन् । बुधबार साँझ विज्ञप्ती निकाल्दै उनले आफूमाथि झुटो आरोप लगाएर नेपाल प्रहरीको वर्तमान नेतृत्व र प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिशोध साँध्ने हिसाबले ...

Read More »

भवन इजाजतसम्वन्धी सेवाग्राहीलाई एसएमएसबाटै जानकारी

११ माघ, काठमाडौं । सेवालाई छिटो छरितो र प्रभावकारी बनाउन भन्दै काठमाडौँ महानगरपालिकाले भवन इजाजतसम्वन्धी सेवाग्राहीको सूचना एसएमएस बाटै दिन थालेको छ । कामपाका सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेका अनुसार यो सुविधा विद्युतीय सेवाबाट नक्सा पास गरेका नागरिकले मात्र पाउने भएका छन् ,कामपाले करिब दुई वर्षदेखि विद्युतीय नक्सा पास ...

Read More »

देशभरका ४६ स्थानीय तहको नाम र केन्द्र हेरफेर

११ माघ, काठमाडौं । स्थानीय तहको निर्वाचन भएर जनप्रतिनिधि आएको एक वर्ष नपुग्दै विभिन्न ४६ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरिएको छ । सम्बन्धित स्थानीय तहको निर्णय र सिफारिसका आधारमा मन्त्रिपरिषदले स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको हो । स्थानीय सरकार सञ्चालन ऐन ०७४ बमोजिम सम्बन्धित गाउँसभा वा ...

Read More »

चेल्सीलाई हराउँदै आर्सनल फाइनलमा प्रवेश

प्रतिद्वन्द्वी चेल्सीलाई हराउँदै आर्सनल लिग कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति आर्सनलको मैदानमा भएको सेमिफाईनल दोस्रो लेगको खेलमा घरेलु टोली २–१ ले विजयी भयो । पहिलो लेगमा गोलरहित बराबरी खेलेका दुई टोलीबीच गएराती भएको भिडन्तमा चेल्सीले अग्रता लियो । सातौं मिनेटमै एडिन हाजार्डले गोल गर्दै पाहुना टोलीलाई अग्रता ...

Read More »

कोपा डेल रेबाट रियल म्याड्रिड बाहिरियो

माघ ११ – लेगानेससँग अवे गोलमा पराजित भएपछि स्पेनिस जायन्ट रियल म्याड्रिड कोपा डेल रेको क्वार्टर फाइनलबाट बाहिरिएको छ । घरेलु मैदान सान्टियागो बर्नाबाउमा भएको दोस्रो लेगमा लेगानेसले रियल म्याड्रिडलाई २–१ गोलले हराएको हो । यसअघि लेगानेसको मैदानमा भएको पहिलो लेगमा रियल १–० ले विजयी भएको थियो । समग्रमा खेल ...

Read More »

एफबिआईको छानविनमा सहयोग गर्न ट्रम्प तयार

माघ ११ । संघीय जाँच ब्यूरो एफ.बि.आईले गर्ने कुनै पनि छानविनमा सहयोग गर्न आफू तयार भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । राष्ट्रपति कार्यालय ह्वाईट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले एफ.बि.आई.का अनुसन्धानकर्ता रोबर्ट म्युलरलाई अन्तर्वार्ता दिन आफू तयार रहेको बताएका हुन् । म्युलरले छानविनका लागि राष्ट्रपति ट्रम्पसँग बयान ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com