चेल्सीलाई हराउँदै आर्सनल फाइनलमा प्रवेश

प्रतिद्वन्द्वी चेल्सीलाई हराउँदै आर्सनल लिग कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

गएराति आर्सनलको मैदानमा भएको सेमिफाईनल दोस्रो लेगको खेलमा घरेलु टोली २–१ ले विजयी भयो ।

पहिलो लेगमा गोलरहित बराबरी खेलेका दुई टोलीबीच गएराती भएको भिडन्तमा चेल्सीले अग्रता लियो ।

सातौं मिनेटमै एडिन हाजार्डले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिए ।

तर १२ औं मिनेटमा एन्टोनियो रुडिगरले आत्माघाति गोल गरेपछि आर्सनलले खेलमा बराबरी गर्ने अवसर पायो ।

६० औं मिनेटमा ग्रानिट झाकाले एक गोल थप्दै आर्सनललाई विजयी गराए । जितसँगै आर्सनलले म्यान्चेस्टर सिटी विरुद्धको उपाधि भिडन्त तय र्गयो ।

पहिलो सेमिफाइनलमा ब्रिस्टोल सिटीलाई पाखा लगाउँदै म्यान्चेस्टर सिटी काराबाओ कप पनि भनिने लिग कप फुटबलको फाइनलमा पुगेको थियो ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com