सातै प्रदेशमा सरकारका प्रमुख सचिव

११ माघ, काठमाडौं । सरकारले सातवटै प्रदेश सरकारका प्रमुख सचिव तोकेको छ । मन्त्रिपरिषदको बुधवार साँझ बसेको बैठकले यसअघि कार्यरत क्षेत्रीय प्रशासकहरुलाई नै प्रदेश मन्त्रिपरिषद तथा मुख्यमन्त्रीको कार्यलयको प्रमुख सचिव तोकेको हो ।

कामु सचिव यादव कोइरालालाई प्रदेश नं १ को कामु प्रमुखसचिवको जिम्मेवारी दिइएको छ ।
त्यस्तै धनकुटामा क्षेत्रीय प्रशासक रहेका राजेश्वरमान सिंहलाई २ नम्बर प्रदेशको प्रमुख सचिवमा खटाइएको छ ।

त्यस्तै ३ नम्बर प्रदेशमा रेश्मीराज पाण्डे, ४ नम्बरमा लक्ष्मण अर्याल, ५ नम्बरमा शंकर पाठक, ६ नम्बरमा सुरेश प्रधान र ७ नम्बरमा लक्ष्मीराज पौडेल प्रमुख सचिव भएका छन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com