भन्सालि निर्देशित पद्मावत कडा सुरक्षाबीच रिलिज

निर्देशक संजयलिला भंसालीद्वारा निर्देशित फिल्म ‘पद्मावत’ बिहीबारबाट भारतका झण्डै ७ हजार स्क्रिनमा प्रर्दशन सुरु भएको छ ।

राजपूत समुदायको विरोधका कारण सिर्जित तनावले गर्दा कडा सुरक्षाबीच बिहानी शोहरुमा फिल्म प्रर्दशन गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सिनेमाघर सञ्चालकहरुले सुरक्षाको कारण देखाउँदै मध्यप्रदेश, गुजरात, राजस्थान र गोवामा फिल्म प्रर्दशन गर्न अस्वीकार गरेका छन् ।

प्रशासनले भने फिल्महरुमा सुरक्षा तैनाथि बढाएरै भए पनि फिल्म प्रर्दशनका लागि सहयोग गरिरहेको छ ।

गुडगाउँमा विद्यालयहरु बन्द गरिएको छ । फिल्मको विरोध गरिरहेको समूहले बुधबार त्यहाँ एक स्कुलबसमा आगजनी गरेपछि आज विद्यालय नै बन्द गरिएको हो ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com