HENDERSON, NV - OCTOBER 05: Republican presidential nominee Donald Trump speaks during a campaign rally at the Henderson Pavilion on October 5, 2016 in Henderson, Nevada. Trump is campaigning ahead of the second presidential debate coming up on October 9 with Democratic presidential nominee Hillary Clinton. (Photo by Ethan Miller/Getty Images)

एफबिआईको छानविनमा सहयोग गर्न ट्रम्प तयार

माघ ११ । संघीय जाँच ब्यूरो एफ.बि.आईले गर्ने कुनै पनि छानविनमा सहयोग गर्न आफू तयार भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

राष्ट्रपति कार्यालय ह्वाईट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले एफ.बि.आई.का अनुसन्धानकर्ता रोबर्ट म्युलरलाई अन्तर्वार्ता दिन आफू तयार रहेको बताएका हुन् ।

म्युलरले छानविनका लागि राष्ट्रपति ट्रम्पसँग बयान लिने बताइए पनि मिति भने तय भएको छैन । ट्रम्पले अबको दुईदेखि तीन साताभित्र बयानका लागि अन्तर्वार्ता हुने अनुमान गरेका छन् ।

एफ.बि.आईले अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपबारे छानबिन गरिरहेको छ । छानबिनकै क्रममा एफ.बि.आई प्रमुख जेम्स कोमीलाई गत मे मा पदबाट हटाएपछि राष्ट्रपति ट्रम्पको ब्यापक आलोचना भएको थियो ।

त्यसपछि एफबिआई प्रमुख नियुक्त गरिएका एन्ड्रिउ म्याक्केबले पनि ट्रम्प विरुद्धको छानबिन जारी राखेका छन् ।

कोमीलाई पदबाट हटाएको विषय अमेरिकी चुनावमा रुसी संलग्नताबारे चलिरहेको छानबिनसँग सम्बन्धित थियो कि थिएन भन्ने विषयमा समेत म्युलरले अहिले छानबिन गरिरहेका छन् ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com