इन्डियन आयल कर्पोरेशनकै पाइपलाइनबाट पेट्रोल चोरी

१५० फिट लामो सुरुङ बनाएर इन्डियन आयल कर्पोरेशनको भूमिगत पाइप लाइनबाट पेट्रोल चोरी हुँदै आएको रहस्य खुलेको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा मंगलबार राति पेट्रोल चोरी गर्ने क्रममा विस्फोट भएपछि मात्र यो रहस्य प्रकाशमा आएको हो ।

पाँच महिनाअघि द्वारका नर्थको सुरज बिहार क्षेत्रमा खाली जमिन भाडामा लिएर देखावटी रुपमा गाडीको बम्पर मर्मत केन्द्र खोलेका आरोपीहरुले १५० फिट लामो सुरुङ खनेर आयल कर्पोरेसनको भूमिगत सप्लाई लाइनमा प्वाल पारी इन्धन चोरी गर्न सफल भएका हुन् । उनीहरुले हालसम्म कति परिमाणमा इन्धन चोरी गरे भन्नेबारे प्रष्ट हुन नसकेको अधिकारीहरुले जनाएका छन् ।

प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ भने अन्य फरार आरोपीहरुको खोजी भइरहेको जनाइएको छ ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com