नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक (डिआइजी) नवराज सिलवाल खोज्न गएको प्रहरी टोली रित्तो हात फर्किएको छ । कार्यसम्पादन मुल्याङ्कन फारम कीर्ते गरेको आरोप लागेका सिलवाल खोज्न आइतबार १६५ जना प्रहरी परिचालन गरिएको थियो । सिलवालले आफू ललितपुरको भट्टेडाँडामा प्रहरीसँगै रहेको दाबी गरेपछि सिलवाललाई खोज्न महानगरीय प्रहरी ...
Read More »राष्ट्रिय
पशुपतिमा दाहसंस्कार गर्न वर्षमा बीस लाख किलो दाउरा आवश्यक वार्षिक रु दुई करोड मूल्यबराबरको दाउरा खपत हुँदै आएको
पशुपति आर्यघाटमा दाहसंस्कार गर्न वार्षिक २० लाख किलोग्रामको हाराहारी दाउरा खपत हुने गरेको छ । मृतकको दाहसंस्कार गर्न दाउरा उपलब्ध गराउँदै आएको द टिम्बर कर्पोरेशन अफ नेपालले दिएको जानकारीअनुसार झण्डै वार्षिक रु दुई करोड मूल्यबराबरको दाउरा खपत हुँदै आएको हो । टिम्बरले चुरे क्षेत्रका काठ काट्दा निस्केको दाउरा पशुपतिको दाहसंस्कारमा प्रयोग गरिन्छ ...
Read More »रानीपोखरीमा कार्यरत प्रहरी सहायक निरीक्षक रेसम खड्का ३ लाख घुससहित रंगेहात पक्राउ
हानगरीय प्रहरी कार्यालय प्रहरी परिचालन कक्ष रानीपोखरी कन्ट्रोल रुममा कार्यरत प्रहरी सहायक निरीक्षक रेसम खड्का ३ लाख रुपैंया घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियारको अपरेसनकाक्रममा खड्का ३ लाख घुस लिंदा लिंदै पक्राउ परेका हुन् । काठमाडौं पेप्सीकोलामा रहेको स्किम सहकारी तथा बचत ऋण संस्थाका संचालकका एक नातेदारले ग्यारेन्टी गरेको ...
Read More »प्रदेश सांसदको तलब निर्वाचन क्षेत्रका वडामा खर्च गर्ने प्रदेश सांसद दवाडीको घोषणा
गोरखाको निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा क्षेत्र (ख) बाट विजयी हुनुभएका सांसद तथा नेपाली काँग्रेसका नेता प्रकाशचन्द्र दवाडीले प्रदेशले उपलब्ध गराउने पारिश्रमिक निर्वाचन क्षेत्रभित्र सामाजिक कार्यमा खर्च गर्ने घोषणा गर्नुभएको छ । आज गोरखामा पत्रकार सम्मेलन गर्दै सांसद दवाडीले भन्नुभयो, “सांसदलाई राज्यले उपलब्ध गराउने सेवा तथा सुविधा व्यक्तिगत रुपमा ...
Read More »एमालेले गर्यो सात ओटै प्रदेशमा उम्मेद्वार सिफारिस
राष्ट्रियसभाका उम्मेदवार छान्न नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा अपरान्ह बस्ने बैठकले राष्ट्रियसभाका लागि प्रदेशबाट सिफारिस भएर आएका उम्मेदवारहरुको बारेमा छलफल गर्ने प्रचार बिभाग प्रमुख योगेश भट्टराईले बताए । माघ १० गते राष्ट्रियसभा सदस्यहरुको उम्मेदवारी मनोनयन गर्नुपर्ने भएकाले बैठकले उम्मेदवारको टुंगो लगाउने ...
Read More »राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा
निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले २४ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनको केन्द्रीयस्तरको तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको छ । सातवटै प्रदेशमा खटिने प्राविधिक कर्मचारीका लागि आज आयोगमा आयोजित ‘एकीकृत निर्वाचन सूचना व्यवस्थापन प्रणाली’ सम्बन्धी प्रशिक्षणको शुभारम्भ गर्दै उहाँले निर्वाचनका लागि आवश्यक पर्ने नियमावली र निर्देशिका तयार भएको जानकारी दिनुभयो । उक्त ...
Read More »अमेरिकी सदनले बजेट पारित नगर्दा काठमाडौंको केन्द्रीय पुस्तकालय बन्द भिसा र पासपोर्टको काम जारी
८ माघ, काठमाडौं । बजेट अभाव भएपछि काठमाडौंस्थित अमेरिकी दूतावासले केन्द्रीय पुस्तकालय र सामाजिक सञ्जाल बन्द गर्ने घोषणा गरेको छ । नेपालस्थित अमेरिकी दूतावासको अफिसियल ट्विटर ह्याण्डलमा काठमाडौंस्थित केन्द्रीय पुस्तकालय र दूतावासले चलाउँदै आएको ट्वीटर अकाउन्ट बन्द हुने उल्लेख छ । तर भिसा र पासपोर्ट प्रोसेसिङका कामहरु भने नरोकिएको सूचनामा ...
Read More »आज सरस्वती पूजा मनाइदैं
पुर्बिय दर्शन अनुसार बिद्या र सधनाकि देबी सरस्वतिको आज बिशेष मन्त्रोच्चारणका साथ पूजा आराधाना गरी पूजा गरिंदै छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । आज विद्यालय प्रवेशको उमेर भएका साना नानीहरुलाई अक्षर चिनाउने उत्तम साइत पनि ...
Read More »दीपक मनाङे शपथ ग्रहणमा अनुपस्थित
मंसीरमा सम्पन्न प्रदेश सभामा मनाङबाट निर्वाचित प्रदेश सदस्य दीपक मनाङे आइतबार भएको शपथ ग्रहणमा उपस्थित भएनन् । पोखरामा ४ नम्बर प्रदेशका सांसदको शपथ ग्रहण भएकोमा मनाङे अनुपस्थित रहेका हुन् । शपथ समारोहमा भाग लिन अरु सांसदलाई जस्तै मनाङेलाई पनि जिल्ला प्रशासन कार्यालय कास्कीले पत्र पठाएको थियो । तर प्रहरीले पक्राउ ...
Read More »सडक दुर्घटनामा एकजनाको मृत्यु, तीनजना घाइते
नुवाकोटको पर्यटकस्य ककनीबाट बट्टारतर्फ आउँदै गरेको एक मिनिट्रक आइतबार पासाङल्हामु मार्गमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। नुवाकोटको प्रमुख पर्यटकीय क्षेत्र ककनीबाट आउदै गरेको मिनिट्रक पासाङल्हामु मार्गमा दुर्घटना हुँदा एकजनाको निधन भएको र तीनजना घाइते भएका छन् । पासाङल्हामु मार्गको त्रिशूली–काठमाडौ सडक खण्डको बीचमा रहेको ...
Read More »
English
MTV NEPAL MTVNEPAL