प्रदेश सांसदको तलब निर्वाचन क्षेत्रका वडामा खर्च गर्ने प्रदेश सांसद दवाडीको घोषणा

गोरखाको निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा क्षेत्र (ख) बाट विजयी हुनुभएका सांसद तथा नेपाली काँग्रेसका नेता प्रकाशचन्द्र दवाडीले प्रदेशले उपलब्ध गराउने पारिश्रमिक निर्वाचन क्षेत्रभित्र सामाजिक कार्यमा खर्च गर्ने घोषणा गर्नुभएको छ ।  आज गोरखामा पत्रकार सम्मेलन गर्दै सांसद दवाडीले भन्नुभयो, “सांसदलाई राज्यले उपलब्ध गराउने सेवा तथा सुविधा व्यक्तिगत रुपमा प्रयोग गर्दिन । मलाई जिताएर पठाउनुभएका मतदाता र निर्वाचन क्षेत्रमा हुने सामाजिक कार्यमा खर्च गर्ने घोषणा गर्छु ।”  गोरखाको सिरानचोक, अजिरकोट र सुलिकोट गाउँपालिकाबाट दवाडी निर्वाचित हुनुभएको थियो । सिरानचोकमा आठवटा, अजिरकोटमा पाँचवटा र सुलिकोटमा आठवटा वडा रहेका छन् । प्रत्येक महिनाको पारिश्रमिक फरकफरक वडामा सामाजिक कार्यमा खर्च गर्न सहयोग गर्ने दवाडीले जानकारी दिनुभयो ।

प्रदेश सांसदको सेवा, सुविधा के–कस्तो हुने भन्ने यकिन भइसकेको छैन । “जनताको जीवनस्तर उकास्न सहयोग गर्छु, सामाजिक सेवामा तल्लीन रहन्छु र सधैँ जनताकै सेवामा रहन्छु भन्ने अठोट गर्दै जनतासँग भोट मागेर विजयी भएँ” दवाडीले भन्नुभयो, “आफूले पाउने सेवा सुविधा जनताकै लागि समर्पित गर्ने इच्छा हो ।”  गोरखामा दवाडी राजनीतिक नेताको रुपमा भन्दा समाजसेवीका रुपमा चिनिनुहुन्छ । लामो समयदेखि उहाँले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएर शिक्षा क्षेत्रमा योगदान पु¥याउँदै आउनुभएको थि

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com