अमेरिकामा सरकारी कामकाज ठप्प, कर्मचारी बेतलवी बिदामा

काठमाडौं, माघ ८ । अमेरिकी सिनेटबाट नयाँ बजेट पारित हुन नसकेपछि सरकारी कामकाज ठप्प भएको छ । यसबाट लाखौं संघीय कर्मचारी काममा जानबाट बन्चित हुने भएका छन् ।

सिनेटमा नयाँ बजेट सम्बन्धमा सहमति नजुटेपछि स्थानीय समयअनुसार शुक्रबार मध्यरातबाट सरकारी कामकाज ठप्प हुन शुरु भएको थियो ।

कार्यालय खुल्ने समय अघि आइतबार अबेरसम्म अवरोध खुलाउने प्रयास भए पनि सफल हुन सकेन ।

अमेरिकी संघीय निकायका कर्मचारी बेतलवी बिदामा बस्न बाध्य हुनेछन् । सत्तारुढ र डेमोक्रेट सिनेटरहरुले एक अर्कोमाथि दोष लगाएका छन् ।

संघीय निकायहरुलाई रकम उपलब्ध गराउनेसम्बन्धी विधेयक सीनेटले अस्वीकृत गरेपछि कामकाज नै ठप्प भएको हो ।

ह्वाइट हाउस र कंग्रेसमा एउटै पार्टी रिपब्लिकनको नियन्त्रण रहँदा पनि सरकारी कामकाज ठप्प भएको यो पहिलो घटना हो । यस अघि सन् २०१३ मा यस्तो स्थिति १६ दिनसम्म रहेको थियो ।

विधेयक पारित गर्न आवश्यक ६० मत जुटाउन नसक्दा दुबै सदनमा रहेको बहुमत पनि सरकारका लागि काम लागेन ।

अर्को महिनासम्म संघीय निकायहरुलाई खर्च उपलब्ध गराउने विधेयक पारित गराउन रिपब्लिकनलाई डेमोक्र्याटहरुको पनि समर्थन आवश्यक थियो ।

तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटीभबाट १९७ का विरुद्ध २३० मतले पारित विधेयक सीनेटमा भने एक मतले विफल भएको हो ।

विपक्षमा ५० मत आउँदा पक्षमा ४९ मत मात्र परेको थियो । पाँच डेमोक्र्याट सांसदले समर्थन गर्दा स्वयं ट्रम्पकै पार्टी रिपब्लिकनका पाँचै जना सांसद विपक्षमा उभिए ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com