पुर्बिय दर्शन अनुसार बिद्या र सधनाकि देबी सरस्वतिको आज बिशेष मन्त्रोच्चारणका साथ पूजा आराधाना गरी पूजा गरिंदै छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ । आज विद्यालय प्रवेशको उमेर भएका साना नानीहरुलाई अक्षर चिनाउने उत्तम साइत पनि मानिन्छ। सरस्वती मन्दिरको भित्तामा अक्षर लेख्न सिकाई शिक्षारम्भ गराउने प्रचलन छ।
पुर्बिय दर्शनले सरस्वतिलाई चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । आजका दिन आफ्ना छोराछोरिलाई अक्षर आरम्भ गराउँदा राम्रो सँग पढ्ने तथा तिक्ष्ण बुद्दिको हुने आम विश्वाश रहेका कारण बाबु आमा आफ्नो बाल बच्चाका साथमा बिहानै सरस्वतिको मन्दिर पुग्ने गरेको देखिन्छ ।

विद्याकी देवी सरस्वती पूजाका दिन शिक्षक, विद्यार्थी, कलाकार र विभिन्न पेश व्यवसायका व्यक्तिले आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्। सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्। सरस्वती पूजाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ। यसैले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ। विद्या प्रारम्भका लागि आजका दिन सवैभन्दा उत्तम हुने विश्वास गरिन्छ।
सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । गान्धर्व पुराणमा आजका दिन सरस्वतीको पूजागरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।
उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ।

English
MTV NEPAL MTVNEPAL


