सरकारले जापानसँग नयाँ सम्झौता नगर्दा नेपाली कामदार मारमा

जापान सरकारले कामदारसम्बन्धि नियम परिवर्तन गरेको ३ महिना बितिसकेको छ । तर नेपाल सरकारले त्यस नियम परिवर्तन भएसँगै नयाँ सम्झौता नगर्दा नेपालबाट जापान जाने कामदार अन्योलमा परेका छन् २०१७ नोबेम्बर देखि श्रम सम्बन्धि नियममावली परिवर्तन गरेको हो । जापानमा कामदार पठाउने अन्य देशहरुले सो नियमलाई अनुमोदन गरेका कारण अन्य मुलुकबाट जापनमा जानलाई कुनै समस्या नभएपनि नेपाल सरकारले भने त्यसमा नयाँ सम्झौता गरेको छैन । जापानबाट राम्राराम्रा कामका अवसर पठाएपनि सरकारको लापरबाही र वेवास्ताका कारण सयौँ नेपाली जापान जानबाट वञ्चित भएका छन् । जसबाट देशले पाउने रेमिट्यान्स पनि गुमेको छ भने कामदारको रोजिरोटी पनि गुमेको छ । जापान सरकारले नेपालले कुनै चासो नदेखाउदा यो समस्या आएको बताएको छ । नेपाली कामदार विदेशमा काम गर्न जाने मुलुकमध्ये जापानलाई उत्कृष्ट गन्तव्यका रुपमा बुझ्दै आएका छन् । त्यसो त जापान जान रोक लगाउदैमा नेपालको श्रम पलायन हुनबाट रोकिने पनि होइन बरु जापानभन्दा कम सुरक्षित र कमसल मुलुकमा कामदार पठाउन बन्द गर्नु राम्रो हुन्छ । नेपालमा अहिले रोजगारीको अवसर न्युन भएकोले नेपालीले रोजगारका लागि विदेशलाई विकल्पका रुपमा लिएका छन् । यद्यपि सधैभरी विदेश मात्रै जानु भने ठीक होइन । श्रमलाई आफ्नै देशमा उपयोग गर्दा मात्र देश समृद्ध बन्ने हो । तर अहिलेको अवस्थामा एउटा मुलुकमा मात्र बन्द गर्दैमा विदेश जानेको संख्या घट्ने पनि होइन । तसर्थ नयाँ नियमअनुसार नेपाल सरकारको सम्झौता नभएकोले त्यहाँका अवसर गुमेका छन् ।यसमा सरकारले ध्यान लगाउनु जरुरी छ । यसमा सरकारको चरम लापरबाहीका कारण ठूलाठूला अवसरहरु गुमेको कामदारको गुनासो रहेको छ । सरकारले यस्ता कुरामा पनि ध्यान दिने कि?

THIS IS ADD AREA
x

Check Also

धरौटी बढ्दा म्यानपावरलाई हम्मे हम्मे

काठमाडौं,१४ भदौ । नेपाल सरकारले वैदेशिक रोजगार कम गर्न र आन्तरिक रोजगारलाई प्रवद्र्धन गर्न म्यानपावर कम्पनीको धरौटी ह्वात्तै बढाए पनि धरौटी राख्न व्यवसायी पछि परेका ...

Social Media Auto Publish Powered By : XYZScripts.com