राष्ट्रिय

दुई वर्षदेखि बाँसको टहरामा बालबालिका

२०७२ सालमा आएको भुकम्पमा क्षति भएको विद्यालय अझै निर्माण हुन नसक्दा दुई वर्षसम्म पनि विद्यार्थीहरु बाँसको टहरामै पढ्न बाध्य भएका छन् ।  ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ स्थित पञ्चेश्वरी माध्यमिक विद्यालयका विद्यार्थी दुई वर्षदेखि बाँसको टहरामा असुरक्षित रुपमा बसेर पढ्न बाध्य छन् । विसं २०७२ मा आएको भूकम्पले विद्यालयको एउटा भवनमा क्षति पुगेपछि कक्षा ...

Read More »

एक दुई दिनमै सरकारले पूर्णता पाउने

प्रधानमन्त्री केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएको करिब १ महिना पुगिसकेको छ । राष्ट्रपति र सभामुख निर्वाचन सकिएसँगै प्रधानमन्त्री केपी ओली सरकारलाई पूर्णता दिने तयारीमा जुटेका छन् । दुई दिनयता प्रधानमन्त्रीले सरकारको सहयात्री दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल बढाएका छन् । प्रधानमन्त्रीले सरकारमा आउन तयार संघीय फोरम र सरकारलाई ...

Read More »

गुण्डा नाइके गणेश लामा पक्राउ

 गुण्डा नाइके गणेश लामालाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ। उनलाई पेस्तोल र गोलीसहित गौशालाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। होटल पशुपति भिजनमा गोली चलेपछि उनी पक्राउ परेका हुन्। यद्यपि, गोली कसैलार्इ लागेकाे छैन । प्रहरीसँगको प्रारम्भिक बयानका क्रममा लामाले आफूलाई दुई युवकले गोली प्रहार गरेर भागेको दाबी गरेको स्रोतको भनाइ छ । ...

Read More »

पदमुक्त प्रधानन्यायधिसले गराए राष्ट्रपतिको सपथ

न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई पदमुक्त गरेको बताए पनि उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ गराएका छन् । सचिव नृपध्वज निरौलले हस्ताक्षर गरिएको पत्रमा प्रधानन्यायाधीश गोपाल पराजुलीको २०७४ साउन २१ गते नै अवकाश भइसकेको जानकारी दिइएको छ । पत्रमा सचिवस्तरीय निर्णयबाट प्रधानन्यायाधीसलाई पदमुक्त गरिएको उल्लेखपत्रको अन्त्यमा भनिएको छ, सम्माननीय महोदयले ...

Read More »

प्रधानन्यायधिस गोपाल पराजुली पदमुक्त

प्रधानन्यायधिस गोपाल पराजुली पदमुक्त भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशले नै बेञ्च बहिस्कार गरेपछि नैतिक संकटमा परेका प्रधानन्यायाधीश पराजुली पदमुक्त भएका हुन् । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाउन शीतल निवास पुगेका प्रधानन्यायाधीश पराजुलीलाई न्याय परिषद्ले पदमा नरहेको पत्र थमाएको हो । न्याय परिषद सचिवालयले काटेको पत्रमा पराजुली उमेर हदका ...

Read More »

सर्वोच्चका न्यायाधीशद्वारा इजलास बहिस्कारलाई निरन्तरता

प्रधानन्यायाधीशको वैधतामाथि प्रश्न उठाउँदै मंगलबारदेखि इजलाश बहिस्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरुले बुधबार पनि बहिस्कारलाई निरन्तरता दिएका छन् । न्यायाधीशहरु दीपकराज जोशी, विश्वम्भरप्रसाद श्रेष्ठ, हरिकृष्ण कार्की, सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा, ईश्वर खतिवडा, प्रकाशमान सिंह राउत र आनन्दमोहन भट्टराईले हिजो इजलास बहिस्कार गरेका थिए । त्यसैगरी आज पनि उनीहरु उपस्थित नभएको ...

Read More »

‘प्रतिआतंकवाद सम्मेलन २०१८’ मा भाग लिन अर्थमन्त्री खतिवडा भारत जादैं

अर्थमन्त्री डा. युवराज खतिवडा आज दिउँसो १ बजे भारत भारत भ्रमणमा जाने भएका छन् । भारतको हरियाणास्थित गुरुग्राममा हुने ‘प्रतिआतंकवाद सम्मेलन २०१८’ मा भाग लिन अर्थमन्त्री खतिवडा दिल्ली जान लागेको अर्थमन्त्रालय स्रोतले जनाएको छ । तीन दिने सो सम्मेलनमा अर्थमन्त्री खतिवडाले मुख्यवक्ताको रुपमा सम्बोधन गर्नेछन् । उनले कुनै राजनीतिक तथा ...

Read More »

दुईतिहाइ भन्दा बढी मत प्राप्त गर्दै विद्या भण्डारी पुनःराष्ट्रपतिमा निर्वाचित

दुईतिहाई भन्दा बढी मत प्राप्त गर्दै बहालवाल राष्ट्रपति विद्यादेवी भण्डारी पुनः दोस्रो कालका लागि राष्ट्रपति पदमा निर्वाचित भएकी छन् । नेपालको इतिहासमा पहिलो महिला राष्ट्रपति बन्न सफल उनले ३९२०० मत प्राप्त गरेकी हुन् । उनकी निकटतम् प्रतिस्पर्धी कुमारी लक्ष्मी राईले ११ हजार ७३० मत ल्याउन सफल भइन् । विद्यादेवीलाई एमाले ...

Read More »

वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारमाथि ठगिको ओईरो

गृहमन्त्रि रामबहादुर थापाले श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागका उच्च पदस्थ कर्मचारीहरु सँग छलफल गर्नुभएको छ । छलफलमा थापाले वैदेशिक रोजगारीका नाममा भएका ठगिबारे शोधखोज गर्नुभएको हो । मन्त्रि थापाले मन्त्रालयका निमित्त सचिव कृष्ण ज्ञवाली र वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद आचार्य सँग सोमबार मन्त्रालयमै भेटघाट गरी बढ्दो वैदेशिक रोजगारी ...

Read More »

विमान दुर्घटनाका सबै मृतकको शव पोस्टमार्टमका लागि शिक्षण अस्पतालमा

हिजो भएको यूएस बंगला विमान दुर्घटनामा परी मृत्यु हुने सबै ४९ मृतकहरुको शव पोस्टमार्टमका लागि महाराजगंजस्थित शिक्षण अस्पताल पुर्याइएको छ । विभिन्न अस्पतालमा रहेका शव आज बिहान शिक्षण अस्पताल पुर्याईएको महानगरिय प्रहरी कार्यालयले जनाएको छ । अहिले अस्पतालमा मृतकका आफन्तहरु पुगीसकेका छन् भने काठमाडौं स्थित बंगालादेशी दूतावासका कर्मचारीहरुले पनि समन्वय ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com