हिजो भएको यूएस बंगला विमान दुर्घटनामा परी मृत्यु हुने सबै ४९ मृतकहरुको शव पोस्टमार्टमका लागि महाराजगंजस्थित शिक्षण अस्पताल पुर्याइएको छ ।
विभिन्न अस्पतालमा रहेका शव आज बिहान शिक्षण अस्पताल पुर्याईएको महानगरिय प्रहरी कार्यालयले जनाएको छ ।
अहिले अस्पतालमा मृतकका आफन्तहरु पुगीसकेका छन् भने काठमाडौं स्थित बंगालादेशी दूतावासका कर्मचारीहरुले पनि समन्वय गरीरहेका छन् । केही बंगलादेशी मृतकका आफन्तहरु बंगालादेशबाट आजै काठमाडौं आउँदैछन् ।
चालक दलका ४ सदस्यसहित ७१ जना यात्रु सवार विमान दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ भने २२ जनालाई घाइते अवस्थामा उद्धार गरी विभिन्न अस्पताल पुर्याइएको छ । घाइतेमध्ये केहीको अवस्था अझै गम्भीर छ ।

English
MTV NEPAL MTVNEPAL


