प्रधानन्यायाधीशको वैधतामाथि प्रश्न उठाउँदै मंगलबारदेखि इजलाश बहिस्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरुले बुधबार पनि बहिस्कारलाई निरन्तरता दिएका छन् ।
न्यायाधीशहरु दीपकराज जोशी, विश्वम्भरप्रसाद श्रेष्ठ, हरिकृष्ण कार्की, सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा, ईश्वर खतिवडा, प्रकाशमान सिंह राउत र आनन्दमोहन भट्टराईले हिजो इजलास बहिस्कार गरेका थिए । त्यसैगरी आज पनि उनीहरु उपस्थित नभएको सर्वोच्च अदालतका एक अधिकारीले बताए ।
बुधबार पनि पराजुलीले हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडालाई ८ नम्बर इजलास तोकेका छन् । त्यस्तै आनन्दमोहन भट्टराई र सपना प्रधान मल्ललाई ९ नम्बर इजलास तोकेका छन् भने दीपकराज जोशी र विश्वम्भरप्रसाद श्रेष्ठलाई १ नम्बर इजलास तोकेका छन् ।
त्यस्तै अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतलाई १० नम्बर इजलास तोकिएको छ । यी सहित ९ न्यायाधीश पराजुलीको विपक्षमा उभिएका छन् भने अन्य ११ न्यायाधीश भने इजलासमा छन् ।

English
MTV NEPAL MTVNEPAL


