राष्ट्रिय सभा उपाध्यक्षमा शशिकला दाहाल निर्वाचित भएकी छन् । संघीय संसद भवन नयाँवानेश्वरमा भएको चुनावमा दाहाल ४५ मतका साथ विजयी भएकी हुन् । दाहालले प्रतिद्वन्दी नेपाली कांग्रेसकी बृन्दादेवी आले रानाले ११ मत मात्रै पाइन् । राष्ट्रिय सभाका ५९ सदस्यमध्ये ५६ सदस्यले मत विभाजन प्रक्रियामा उपस्थित भएका थिए ।
Read More »राष्ट्रिय
राष्ट्रियसभाको उपाध्यक्षका लागी चुनाव हुँदै
राष्ट्रियसभाको उपाध्यक्ष चयनका लागि संसद् भवन नयाँबानेश्वरमा आज मतदान हुँदैछ । वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी शशीकला दाहाल र नेपाली कांग्रेसका तर्फबाट वृन्दादेवी आले राना उपाध्यक्षको प्रतिस्पर्धामा छन् । राष्ट्रियसभामा ५९ सांसद छन् । एमालेबाट २७, कांग्रेसबाट १३, माओवादीबाट १२ तथा संघीय समाजवादी फोरम र राजपाबाट २÷२ जना सांसद ...
Read More »कांग्रेसमा ‘गुट रोग’ : प्रतिपक्ष कमजोर बन्ने चिन्ता
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि राज्यका सबै सत्तासीन प्रमुख पदमा पछि परेको कांग्रेस गुट उपगुटका कारण झनै कमजोर बन्दै गएको छ । संविधानसभाको दोस्रो निर्वाचनबाट संसद्को पहिलो दल बनेको कांग्रेस पछिल्लो निर्वाचनपछि गुट उपगुटमा छिन्न भिन्न हुँदा राज्यका महŒवपूर्ण पदहरूसमेत गुमाउन पुगेको छ । आन्तरिक रूपमा बलियो हुनुपर्ने अवस्थामा समेत कांग्रेस ...
Read More »मन्त्री बनेकै दिन गोकर्ण विष्टले गरे यस्तो घोषणा
नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिस्टले वैदेशिक रोजगारमा देखिएको अव्यवस्थित प्रणालीलाई सुधार्नका लागी खटेर काम गर्ने बताएका छन् । तत्कालै कुनै निर्णयमा हस्ताक्षर गरेर पदभार ग्रहण गर्नुभन्दा पनि सबै कुरा बुझेर र समय लिएर आफू अघि बढ्ने मन्त्री बिस्टको भनाइ थियो । मन्त्री बिस्टले श्रम, बैदेशिक रोजगार ...
Read More »मन्त्रिपरिषद् विस्तार, २२ सदस्यीय मन्त्रिमण्डल
प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद विस्तार गर्दै २२ सदस्यीय मन्त्रिमण्डल बनाएका छन् । प्रधानमन्त्री भएको ३० दिन बितेपछि ओलीले गरेको यो विस्तार तेस्रोपटक हो । मधेशवादी दल फोरम सरकारमा शुक्रबार आउने भनिएतापनि उक्त पार्टीबाट भने मन्त्री बनेका छैनन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार २२ सदस्यीय बनेको छ। ...
Read More »मन्त्रालयका संख्या बढ्यो अब २१मन्त्रालय रहने
मन्त्रिपरिषदलाई पूर्णता दिनुअघि मन्त्रालय संख्या बढ्ने भएको छ । वाम सरकारमा अब तीन मन्त्रालय थपिएको छ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित मन्त्रालयको संख्या २१ पुगेको छ । अहिलेको सरकारलाई उच्चस्तरीय समितिले प्रधानमन्त्री कार्यालयसहित १५ वटा मात्र मन्त्रालय राख्न सुझाएको थियो । सोहिअनुसार प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री भए लगत्तै ३० ...
Read More »मन्त्रि बन्ने नामावलि टुंग्याउने कसरतमा माओवादी केन्द्र
संभवत आज नै मन्त्रिपरिषद विस्तारको तयारी भईरहेका बेला माओवादी केन्द्र पनि मन्त्रि बन्नेहरुको नामावलि टुंग्याउन कसरत गरिरहेको छ । १८ सदस्यीय मन्त्रिपरिषदमध्ये माओवादीलाई सात मन्त्रालय दिने सहमति भएको छ । तर अब, फोरम पनि सरकारमा सहभागी हुने भएपछि माओवादी भागमा परेका मन्त्रालय घटाउने कि मन्त्रिपरिषदको संख्या थप्ने भन्ने विषय टुंगो ...
Read More »चीन र बंगलादेशबाट राष्ट्रपतिलाई बधाई
चीनका राष्ट्रपति सी चिनफिङले विद्यादेवी भण्डारीले नेपालको राष्ट्रपतिको पद सम्हालेकामा बिहीबार बधाइ ज्ञापन गरेका छन् । राष्ट्रपति भण्डारीलाई बिहीबार पठाएको सन्देशमा चिनियाँ राष्ट्रपतिले आफ्नो मुलुकले चीन–नेपाल सम्बन्ध सुदृढीकरणलाई अतिमहत्व दिएको र द्विपक्षीय सम्बन्ध प्रवद्र्धनका निम्ति आफू तत्पर रहेको बताएका छन् । नेपालका लागि चिनियाँ राजदूत यु होङले राष्ट्रपति भण्डारीसँग बिहीबार ...
Read More »उपसभामुखको निर्वाचन आज हुँदै
उपसभामुख चयनका लागि आज निर्वाचन हुँदैछ । वामगठबन्धनका तर्फबाट एमालेकी शिवमाया तुम्बाहाम्फे र कांग्रेसका तर्फबाट पुष्पा भुसालबीच प्रतिस्पर्धा हुँदैछ । सभामुखमा उम्मेद्वारी नदिएको नेपाली कांग्रेसले उपसभामुखमा भने उम्मेद्वार उठाउने निर्णय गरेको हो । यद्यपि उपसभामुखका लागि भने तुम्बाहाम्फे जित सुनिश्चित जस्तै छ । दुवैजनाले बिहीबार उम्मेद्वारी दर्ता गराएका हुन् । ...
Read More »पराजुलीको बहिर्गमन, जोशीले पाए जिम्मेवारी
बुधबार न्यायपरिषदले गोपाल पराजुलीलाई पदबाट बर्खास्त गरिएको पत्र हातमा थमाएपछि उनी प्रधानन्यायाधीशबाट पदमुक्त भएका थिए । पदमुक्त भएपनि कुनै हालतमा पद नछाड्ने चेतावनी दिएका पराजुलीले अन्ततः न्यायलयभित्र र बाहिर व्यापक आलोचना हुन थालेपछि राजीनामा बुझाएका छन् । पराजुलीले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिँदै न्यायपालिकामा नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गरिदिएका ...
Read More »
English
MTV NEPAL MTVNEPAL