कांग्रेसमा ‘गुट रोग’ : प्रतिपक्ष कमजोर बन्ने चिन्ता

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछि राज्यका सबै सत्तासीन प्रमुख पदमा पछि परेको कांग्रेस गुट उपगुटका कारण झनै कमजोर बन्दै गएको छ । संविधानसभाको दोस्रो निर्वाचनबाट संसद्को पहिलो दल बनेको कांग्रेस पछिल्लो निर्वाचनपछि गुट उपगुटमा छिन्न भिन्न हुँदा राज्यका महŒवपूर्ण पदहरूसमेत गुमाउन पुगेको छ ।

आन्तरिक रूपमा बलियो हुनुपर्ने अवस्थामा समेत कांग्रेस एक हुन नसक्दा संसद्मा कांग्रेसले देखाउने प्रतिपक्षीको भूमिका समेत कमजोर हुने हो कि भन्ने आशंका बढ्न थालेको छ ।

मुलुकमा प्रजातन्त्र स्थापनादेखि राणा शासनको अन्त्य र राजतन्त्रको अन्त्य हुँदै गणतन्त्रको प्रारम्भसम्मको अनुभव प्राप्त कांग्रेस संविधान जारी गर्दै मियोको भूमिकामा रहँदा समेत पछिल्लो निर्वाचनको परिणामपछि संसद्मा एक चौथाइको स्थानमा खुम्चिन पुगेको हो ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको भनाइमा नेतृत्वमा विचारप्रतिको दर्शन, संगठन र नेतृत्व हाँक्ने क्षमता क्षीण हुँदा निर्वाचनमा कमजोर भएको कांग्रेस प्रतिपक्षमा समेत कमजोर हुने अवस्था आएको देखिन्छ ।

‘बीपीदेखि सुशील कोइरालासम्म नेतृत्वमा रहँदा कांग्रेसभित्र विचार दर्शन, संगठन र नेतृत्वप्रतिको क्षमता थियो तर पछिल्लो नेतृत्व सबै कुरामा कमजोर हुँदा निर्वाचनदेखि प्रतिपक्षको भूमिकामा समेत कमजोर हुने अवस्था देखा परेको छ,’ आचार्यले राजधानीसँग भने ।उनले आन्तरिक गुट उपगुटका कारण पछिल्लो समय प्रतिपक्षमा रहँदा समेत कांग्रेसप्रतिको चिन्ता र चासो झनै बढेको बताए ।

‘कांग्रेसप्रतिको चिन्ता र चासो बढेको छ तर वर्तमान नेतृत्व निर्णय दिन सक्ने अवस्थामा छैन, गुट उपगुटकै कारण संसद्मा कांग्रेसको फितलो भूमिका हुन्छ कि भन्ने चिन्ता बढ्दो छ,’ आचार्य भन्छन् । वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल नेपालमा लोकतन्त्र रहन्छ कि रहँदैन भन्ने चिन्ता कांग्रेससँग जोडिएकाले कांग्रेसप्रतिको चिन्ता जुनै निर्वाचनको परिणामपछि पनि उत्तिकै रहँदै आएको दाबी गर्छन् । कांग्रेसप्रतिको जन चिन्तालाई मेट्न शीर्ष नेतृत्वले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने दाहाल बताउँछन् ।

‘नेपालमा लोकतन्त्र रहन्छ कि रहँदैन भन्ने चिन्ता कांग्रेससँग जोडिएको छ, नेपालमा कांग्रेसको विकल्पमा अर्को वैकल्पिक लोकतान्त्रिक शक्ति नहुँदा कांग्रेसप्रतिको चिन्ता र चासो रही नै रहन्छ,’ दाहालले भने, ‘अब कांग्रेसलाई बलियो बनाउन शीर्ष नेतृत्वले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ ।’

वरिष्ठ पत्रकार दाहालले वर्तमान अवस्थामा कांग्रेसको जिम्मेवारी संसद्मा बलियो प्रतिपक्षका रूपमा रहनुपर्ने औंल्याए । उनले कांग्रेसभित्रको गुट उपगुटका कारण कांग्रेसप्रतिको निराशा निर्वाचनमार्फत पोखिएको समेत बताए

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com