उपसभामुख चयनका लागि आज निर्वाचन हुँदैछ । वामगठबन्धनका तर्फबाट एमालेकी शिवमाया तुम्बाहाम्फे र कांग्रेसका तर्फबाट पुष्पा भुसालबीच प्रतिस्पर्धा हुँदैछ । सभामुखमा उम्मेद्वारी नदिएको नेपाली कांग्रेसले उपसभामुखमा भने उम्मेद्वार उठाउने निर्णय गरेको हो । यद्यपि उपसभामुखका लागि भने तुम्बाहाम्फे जित सुनिश्चित जस्तै छ । दुवैजनाले बिहीबार उम्मेद्वारी दर्ता गराएका हुन् । वामगठबन्धनका तर्फबाट उम्मेद्वार बनेकी तुम्बाहाम्फेको प्रस्तावक माओवादी केन्द्रका सांसद देव गुरुङ र समर्थकमा एमालेका सांसद रविन्द्र अधिकारी छन् । यस्तै, कांग्रेसको तर्फवाट उम्मेद्वार बनेकी भुषालको प्रस्तावकमा कांग्रेसकी सांसद डिला संग्रौला र समर्थकमा कांग्रेसकै सांसद देवेन्द्रराज कँडेल छन् । उपसभामुखका लागि दुईजनाको उम्मेद्वारी परेकोले आज निर्वाचन हुन लागेको हो ।

English
MTV NEPAL MTVNEPAL


