अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘भक्षक शैली’मा व्यापार गर्ने परिपाटीको कडा आलोचना गर्दै अनुचित व्यापार नसहने चेतावनी दिएका छन् । स्विटजरल्याण्डको डाभोस शहरमा विश्व आर्थिक मञ्चको बैठकमा आफ्ना व्यापारिक साझेदारहरुबीच उनले व्यापारकासम्बन्धमा पनि ‘अमेरिका पहिलो’ नीति नै अवलम्बन गरिने प्रष्ट पारे । अनुचित व्यापारिक अभ्यासका कारण बजारमा विकृति देखिएको बताउँदै ट्रम्पले ...
Read More »अन्तर्राष्ट्रिय
दक्षिण कोरियाको अस्पतालमा आगलागी
माघ १२ । दक्षिण कोरियाको दक्षिण पूर्वी मिरयाङमा अवस्थित एक अस्पतालमा भएको भीषण आगलागीमा ३१ जनाको मृत्यु भएको छ । आगो लागीमा परी अन्य ४० जना घाइते भएका छन् । ११ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । आगालागीका समयमा एक सयभन्दा बढी मानिस सो अस्पतालभित्र रहेको बताइएको छ । ...
Read More »सीमामा पर्खाल लगाउन बजेट दिए अवैध आप्रवासीलाई अमेरिकी नागरिकता दिईने
माघ १२ । मेक्सिकोको सीमामा पर्खाल लगाउन बजेट दिएमा १८ लाख अवैध आप्रवासीलाई अमेरिकी नागरिकता दिने प्रस्ताव राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले गर्ने भएको छ । मेक्सिकोमा पर्खाल लगाउने चुनावी बाचा गरेर ह्वाइटहाउसको यात्रा गरेका ट्रम्पको यस योजनालाई संसदले समर्थन नगरेपछि विकल्पमा नयाँ योजना ल्याउन लागिएको बताइएको छ । यस योजनामा ...
Read More »सेभ द चिल्ड्रेनको कार्यालयमा आक्रमण
बालबालिकाको क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संस्था सेभ द चिल्ड्रेनको अफगानिस्तानस्थित कार्यालयमा बुधबार आक्रमण भएको छ । आक्रमणमा २ जनाको मृत्यु हुनाका साथै १२ घाइते भएका छन । आक्रमणकारीहरूले पूर्वी अफगानिस्तानको जलालाबादस्थित कार्यालयमा आक्रमण गरेका हुन । स्थानीय समयअनुसार बिहान ९ बजे एक आत्मघाती आक्रमणकारीले कार्यालयको गेटमा गाडीमा विस्फोट गराएपछि आक्रमण गरेको थियो । सुरक्षाकर्मीको जवाफी ...
Read More »एफबिआईको छानविनमा सहयोग गर्न ट्रम्प तयार
माघ ११ । संघीय जाँच ब्यूरो एफ.बि.आईले गर्ने कुनै पनि छानविनमा सहयोग गर्न आफू तयार भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । राष्ट्रपति कार्यालय ह्वाईट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले एफ.बि.आई.का अनुसन्धानकर्ता रोबर्ट म्युलरलाई अन्तर्वार्ता दिन आफू तयार रहेको बताएका हुन् । म्युलरले छानविनका लागि राष्ट्रपति ट्रम्पसँग बयान ...
Read More »इन्डियन आयल कर्पोरेशनकै पाइपलाइनबाट पेट्रोल चोरी
१५० फिट लामो सुरुङ बनाएर इन्डियन आयल कर्पोरेशनको भूमिगत पाइप लाइनबाट पेट्रोल चोरी हुँदै आएको रहस्य खुलेको छ । भारतको राजधानी नयाँ दिल्लीमा मंगलबार राति पेट्रोल चोरी गर्ने क्रममा विस्फोट भएपछि मात्र यो रहस्य प्रकाशमा आएको हो । पाँच महिनाअघि द्वारका नर्थको सुरज बिहार क्षेत्रमा खाली जमिन भाडामा लिएर देखावटी ...
Read More »अमेरिकाको विद्यालयमा गोली चल्दा, दुई जना मारिए, १७ घाइते
माघ १० । अमेरिकाको केन्टकी राज्यमा भएको गोलाबारीमा दुईजनाको ज्यान गएको छ । त्यहाँ रहेको एक उच्च माध्यमिक विद्यालयमा गोलाबारी हुँदा १५ वर्षका छात्र र छात्राको ज्यान गएको बिबिसीले जनाएको छ । घटनामा १७ विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । घटनामा संलग्न छात्रलाई पक्राउ ...
Read More »लिबियामा श्रृंखलाबद्ध बम बिस्फोट हुँदा २७ को मृत्यू
काठमाडौं, माघ १० । लिबियाको बेनघाजी शहरमा श्रृंखलाबद्ध कार बम विस्फोट हुँदा २७ जनाको ज्यान गएको छ । मस्जिद नजिकै बम बिस्फोट भएको हो । घटनामा ३० जना घाइते भएका छन् । बिस्फोटका कारण मस्जिद वरिपरिका भवनमा क्षति पुग्नुका साथै थुप्रैं सवारीसाधन ध्वस्त भएका छन् । मारिनेमा केही सैनिक र ...
Read More »कैदीबन्दीले आक्रमण गर्न थालेपछि फ्रान्समा सुरक्षाकर्मी आन्दोलित
काठमाडौं, माघ ९ । फ्रान्समा कारागारमा रहेका कैदीबन्दीले आक्रमण गर्न थालेपछि कारागारका सुरक्षाकर्मीहरुले देशब्यापी आन्दोलन गरेका छन् । सुरक्षाको प्रत्याभूति र ज्याला वृद्धि गर्नुपर्ने माग गर्दै सरकारसँग भएको वार्ता उपलब्धीमूलक नभएपछि उनीहरु आन्दोलित भएका हुन् । फ्रान्सका अधिकांश कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका छन् । तर कैदीबन्दीको तुलनामा कम मात्र ...
Read More »अमेरिकामा तीन दिनदेखि ठप्प सरकारी कामकाज शुरु हुने, फण्डिङ बिल पास
९ माघ, काठमाडौं । रिपब्लिकन र डेमोक्रेट्सका बीच भएको सम्झौतापछि अमेरिकामा तीन दिनदेखि ठप्प सरकारी कामकाज फेरि शुरु हुने भएको छ । अमेरिकी संसदका दुबै सदनमा सिनेट र प्रतिनिधिसभाले संघीय सरकारलाई कोष उपलब्ध गराउने अस्थायी बिलको मन्जुरी दिएको छ । यस निर्णयपछि संघीय सरकारका हजारौं कर्मचारीले राहत महसुस गरेका छन् ...
Read More »
English
MTV NEPAL MTVNEPAL