अन्तर्राष्ट्रिय

लिबियाको विमानस्थलमा भएको झडपमा ९ जनाको मृत्यु

मंगलबार, २ माघ, २०७४ मा प्रकाशित, काठमाडौं, माघ २ । लिबियाको राजधानीमा रहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा लडाकूहरुले आक्रमण गरेपछि भएको झडपमा ९ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये कति जना लडाकूतर्फका छन् र कति जना आम नागरिक छन् भन्ने बारेमा खुल्न सकेको छैन । जेलमा रहेका आफ्ना ...

Read More »

आइएसका १७ आतङ्ककारी मारिए

जलालाबाद । पूर्वी अफगान प्रान्त नान्गाहारमा अफगान सेनाले गरेको हवाई कारबाहीमा इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहका कम्तीमा पनि १७ जना लडाकू मारिएका छन् । विशेष सुरक्षा बलले आइतबार गरेको कारबाहीका क्रममा ती आतङ्ककारी मारिएका जानकारी दिइएको छ । सो समाचारमा जनाइएअनुसार उक्त कारबाहीमा परी अरु केही लडाकू घाइते भएका छन् ...

Read More »

क्यालिफोर्नियामा पहिरोमा परी मृत्यु हुनेको संख्या १९ पुग्यो

अमेरिकाको क्यालिफोर्नियामा चिसो मौसममा आएको आँधीपछिको पहिरोमा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ । उद्वारकर्ताहरुले पहिरो गएको ठाउमा अझैपनि खोजीकार्य जारी राखेको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । बेला बेलामा मौसममा बदली भईरहेकाले उद्धारकार्यमा कठिनाई भईरहेको छ । पहिरोमा परी अहिले पनि ५ जना हराईरहेका छन् । अमेरिकाको पश्चिमी तटीय क्षेत्रमा ...

Read More »

पेरुमा ७.१ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प, कयौं भवन ध्वस्त,उद्धारमा कठिनाई

सोमबार, १ माघ, २०७४ मा प्रकाशित, पेरु, माघ १ । दक्षिण अमेरिकी मुलुक पेरुको दक्षिण पश्चिमी तटीय क्षेत्रमा ७.१ म्याग्नेच्यूडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण दुई जनाको मृत्यु भएको छ भने ६५ जना घाईते भएका छन् । धेरै भवनहरु ध्वस्त भएका छन् । स्थानीय समयअनुसार बिहान ४ः१८ मा ...

Read More »

चीनमा प्रहरीले चर्च भत्काइ दियो

काठमाडौं । चीनको साङसी प्रान्तको द गोल्डेन ल्याम्पस्ट्यान्ड चर्च सशस्त्र प्रहरीले भत्काइदिएको छ । चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले भने गैरकानुनी भवनहरू भत्काउने क्रममा चर्च पनि भत्काइएको उल्लेख गरेको छ । गोदाम बनाउने भन्दै चर्च बनाइएको पनि ग्लोबल टाइम्सको समाचारमा उल्लेख छ । चीनमा आचारसंहिता बिपरित बनाईएका अबैधानिक भवनहरु भात्काउने ...

Read More »

सिरियाको राजधानी दमास्कसमा क्लोरिन ग्यास आक्रमण

आइतबार, ३० पुष, २०७४ मा प्रकाशित, सिरिया, पुस ३० । द्वन्द्वग्रस्त सिरियाको राजधानी दमास्कसमा क्लोरिन ग्यास आक्रमण भएको छ । विद्रोहीविरुद्ध मिसाइल प्रहार गरिएको केही क्षेत्रमा नै क्लोरिन ग्यास प्रहार भएको बताइएको छ । विषालु ग्यासका कारण ६ जनामा श्वासप्रश्वासको समस्या देखिए पनि ठूलो प्रभाव भने नपरेको बताइएको छ । ...

Read More »

ट्रपले यी महिलालाई किन दिए ८२ लाख ?

अमेरिकी राष्ट्रपति पदको चुनावी दौडका बीच डोनाल्ड ट्रपले सन् २०१६ मा आफ्ना निजी वकिलका माध्यमबाट एक पूर्व पोर्न स्टारलाई करिब ८२ लाख रुपैयाँ दिएका थिए । यो पैसा उनलाई यौन सम्बन्धबारे चुप रहनका लागि दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।  तर यो समाचारको ह्वाइट हाउसले खण्डन  गर्न इन्कार गरेको छ ...

Read More »

इरानमाथि थप प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

काठमाडौं, पुस २८ । अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगाउने तयारी गरेको छ । सन् २०१५ मा इरानसँग गरिएको आणविक कार्यक्रम नियन्त्रणसम्बन्धी एउटा महत्वपूर्ण सम्झौताबाट पछि हट्ने संकेत दिँदै अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगाउने तयारी गरेको हो । उक्त सम्झौताले इरानमाथिका थुपै्र प्रतिबन्ध हटाएको थियो । तर, राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ...

Read More »

असांजेलाई इक्वेडोरको नागरिकता

काठमाडौं । विकी लिकका सहसंस्थापक जुलियन असांजेलाई इक्वेडोरले नागरिकता दिएको छ । द न्यु योर्क टाइम्सको अनलाइन संस्करणमा शुकवार प्रकाशित समाचारअनुसारसन् २०१२ देखि लन्डनस्थित इक्वेडोरको दूतावासमा शरण लिएका असांजेलाई नागरिकता दिनु ‘संरक्षणको अर्को तह‘ भएको सम्बन्धित अधिकारीले बताएका छन् । अस्ट्रेलियाली नागरिक असांजेलाई इक्वेडोरको नागरिकता प्रदान गरिएपछि उनलाई स्विडेन वा अमेरिका ...

Read More »

चाँदीको चम्चा चोर्ने भारतीय पत्रकारलाई ५० पाउन्ड जरिवाना

काठमाडौं । भारतको बंगाल प्रान्तकी मुख्यमन्त्री ममता बनर्जीसँग विदेश भ्रमणमा गएका भारतका पत्रकारहरूले बेलायतको लन्डनमा चाँदीको चम्चा चोरेपछि ५० पाउन्ड जरिवाना गरिएको छ । भारतका विभिन्न पत्रपत्रिकामा आएको समाचारअनुसार मुख्यमन्त्री बनर्जीको सम्मानमा दिइएको रात्रीभोजमा पत्रकारहरूले टेबलमा रहेका चाँदीमा काँटाचम्चा खल्तीमा हालेको सीसीटीभीमा देखेपछि सुरक्षाकर्मीले पत्रकारहरूलाई सामान फिर्ता गर्न सम्झाएका थिए ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com