चीनमा प्रहरीले चर्च भत्काइ दियो

काठमाडौं । चीनको साङसी प्रान्तको द गोल्डेन ल्याम्पस्ट्यान्ड चर्च सशस्त्र प्रहरीले भत्काइदिएको छ । चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्सले भने गैरकानुनी भवनहरू भत्काउने क्रममा चर्च पनि भत्काइएको उल्लेख गरेको छ । गोदाम बनाउने भन्दै चर्च बनाइएको पनि ग्लोबल टाइम्सको समाचारमा उल्लेख छ । चीनमा आचारसंहिता बिपरित बनाईएका अबैधानिक भवनहरु भात्काउने सरकारी निती अनुसार उक्त भवनहरु भात्काइएको सरकारी अधिकारिहरुको भनाई छ ।

तर द न्युयोर्क टाइम्सको अनलाइन संस्करण अनुसार एसोसियट प्रेसले सशस्त्र प्रहरीले विस्फोटक पदार्थ प्रयोग गरेर चर्च भत्काइदिएको समाचार दिएको छ । समाचार अनुसार साङ्सीमा यो लगायत कम्तीमा दुईवटा चर्च भत्काइ सकिएको छ । चर्चहरूबाट पश्चिमी प्रभाव र क्रिस्चियानिटी फैलने सन्देहमा सी जिनपिङ राष्ट्रपति भएपछि चर्चहरू भत्काउने वा बन्द गराउने गरिएको समाचारमा उल्लेख छ ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com