चाँदीको चम्चा चोर्ने भारतीय पत्रकारलाई ५० पाउन्ड जरिवाना

काठमाडौं । भारतको बंगाल प्रान्तकी मुख्यमन्त्री ममता बनर्जीसँग विदेश भ्रमणमा गएका भारतका पत्रकारहरूले बेलायतको लन्डनमा चाँदीको चम्चा चोरेपछि ५० पाउन्ड जरिवाना गरिएको छ ।
भारतका विभिन्न पत्रपत्रिकामा आएको समाचारअनुसार मुख्यमन्त्री बनर्जीको सम्मानमा दिइएको रात्रीभोजमा पत्रकारहरूले टेबलमा रहेका चाँदीमा काँटाचम्चा खल्तीमा हालेको सीसीटीभीमा देखेपछि सुरक्षाकर्मीले पत्रकारहरूलाई सामान फिर्ता गर्न सम्झाएका थिए । धेरै पत्रकारले सामान फिर्ता गरे पनि एक जनाले चलाखी गरेर अर्को साथीको ब्यागमा चोरेको सामान राखी सुरक्षाकर्मीसँग प्रतिवाद गरे । उनले चोरेको र लुकाएको साबित भएपछि ती पत्रकारलाई ५० पाउन्ड जरिवाना तिराइएको थियो ।

भ्रमणका साथै आएका पत्रकार चोरीमा समातिएपछि मुख्यमन्त्री बनर्जीलाई लाजमर्दो भएको थियो । चोरीको घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालमा घटनाको उपहास र तीव्र निन्दा गरिएको छ ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com