सिरियाको राजधानी दमास्कसमा क्लोरिन ग्यास आक्रमण

आइतबार, ३० पुष, २०७४ मा प्रकाशित,
सिरिया, पुस ३० । द्वन्द्वग्रस्त सिरियाको राजधानी दमास्कसमा क्लोरिन ग्यास आक्रमण भएको छ ।
विद्रोहीविरुद्ध मिसाइल प्रहार गरिएको केही क्षेत्रमा नै क्लोरिन ग्यास प्रहार भएको बताइएको छ । विषालु ग्यासका कारण ६ जनामा श्वासप्रश्वासको समस्या देखिए पनि ठूलो प्रभाव भने नपरेको बताइएको छ ।

सिरियामा गृहयुद्ध शुरु भएदेखि नै क्लोरिन ग्यासको हमला भएका घटना पटकपटक आउने गरेका छन् । युद्धका क्रममा रासायनिक हतियार प्रयोग नगरिएको दाबी सरकारी अधिकारीहरुले गरेका छन्।

सन् २०१३ मा रुस समर्थित सरकारी सेनाले यो क्षेत्रको घेराबन्दी गर्दा चार लाख मानिस फसिरहेका छन् । यो महिनाको शुरुवातदेखि सो क्षेत्रमा मिसाइल र हवाई आक्रमण तीब्र हुँदा ८५ जना मारिएका छन् भने त्यहाँको सर्वसाधारण थप मारमा परेका छन् ।

मिसाइल आक्रमणका कारण दर्जनौं भवनहरुमा क्षती पुगेको छ । सिरियामा जारी गृहयुद्धका जारी कारण हजारौं मारिएका छन् भने लाखौं पलायन भएका छन् ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com